नेपाली चेली अनुष्का श्रेष्ठलाई मिस वर्ल्ड जिताउन सेयर गर्नुस्

Enepal Patra Pvt. Ltd. , १२१४  पटक हेरिएको

 

काठमाडौंं / आगामी डिसेम्बरमा बेलायतमा हुन लागिरहेको मिसन वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठ प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।

मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तयारीमा जुटिरहनु भएको श्रेष्ठले विश्वभरी रहनु भएको सबैमा सहयोगको लागि आह्रवान गर्नुभएको छ । मिस वर्ल्ड अन्र्तगत शुरुमा मिस नेपाल श्रेष्ठलाई मिस वर्ल्डको मल्टी मिडिया अवार्ड जिताउन अर्थात टप २० भित्र पर्नको लागि सहयोगको आवश्यकता देखिएको छ ।

आउँदो डिसेम्बर मा हुन गइहेको मिस वल्र्ड २०१९ प्रतियोगितामा नेपालको तर्फ बाट मिस नेपाल अनुष्का श्रेष्ठलाई मल्टीमिडिया अवार्ड जित्नको लागि लाईक र शेयरको आवश्यक पर्छ ।

जसको लागि MOBSTAR! एप्स डाउन लोड गर्नुपर्नेछ । एप्स डाउन लोड गरिसके पछि अनुष्का श्रेष्ठ सर्च गरि लाईक, शेयर गर्न सकिनेछ ।

जसले गर्दा भोट बढाउन सहयोग मिल्नेछ । यो जती धेरै लाईक अर्थात शेयर भयो त्यसलाई पनि मल्टीमिडिया अवार्ड छनौटमा एक आधार मानीने गरेको छ । यसरी गर्न सकिन्छ एप्स डाउनडोल गरि लाईक तथा शेयर गर्नुस !

प्रकाशित मिति: २०१९-१२-०४ , समय : १७:५८:०८ , ४ वर्ष अगाडि