डिगबहादुर लिम्बू त्रिभुवन बिश्वबिद्धालय द्वारा दिक्षित

Enepal Patra Pvt. Ltd. , ८१६  पटक हेरिएको

लेटाङ, ७ पुस । संविधान सभाका सदस्य तथा नेपाली कांग्रेस मोरङका जिल्ला सभापती डिगबहादुर लिम्बुले स्नातकोत्तर९ःब्० उतिर्ण गरेपछी त्रिभुवन बिश्वबिद्धालयले दिक्षित गरेको छ ।

मंगलबार त्रिभुवन बिश्वबिद्धालयको ४७ औ दिक्षान्त समारोहमा लेटाङ ६ स्थायी घर रहनुभएका लिम्बु दिक्षित हुनुभएको हो ।

लिम्बुले ५० बर्ष पार गरेपछी पुन औपचारिक अध्ययन सुरु गर्नुभएको थियो । पढ्नलाई उमेरले छेक्दैन भन्ने अठोटका साथ लिम्बुले कक्षा ११ देखि अध्ययन सुरु गर्नुभएको हो । ११ कक्षा देखिनै निरन्तर उतिर्ण हुँदै लिम्बुले गत बर्ष मास्टर डिग्री हासिल गर्नुभएको हो ।

एसएलसी उतिर्ण गरेपछी लिम्बुले लेटाङकै शान्तिभगवती माबिमा पढाउन थाल्नु भयो । केही बर्ष पढाएपछि समाज बदल्न राजनिती मुल कुरा रहेको निश्कर्ष निकाल्दै राजनितीमा होमिनुभएका लिम्बुले अध्ययनलाई निरन्तरता दिन सक्नुभएन । पढाईको महत्व बुझे पनि परिस्थितिले कलेज जान सक्ने अवस्था रहेन । संविधान सभाको सदस्य भएपछी पढाइ बिनाको राजनिती समेत अपुर्ण हुने रहेछ भन्ने सोचेर ११ कक्षामा भर्ना हुनुभयो । काठमान्डौको वाट  प्लसटु र  स्नातक पूरा गर्नुभएका लिम्बुले मास्टर डिग्री भने स्नातकोत्तर कलेज बिराटनगरबाट गर्नुभएको हो ।

पढ्ने धोको अझै पूरा नभएको लिम्बुले हामी संगको कुराकानिमा बताउनुभयो । उहाँ पिएचडि गर्ने सोचमा रहनुभएको जानकारी दिनुभयो । नेपाली कांग्रेस  माेरङ जिल्ला सभापतिमा समेत निर्वाचित हुनुभएका लिम्बुले समाज लाई सुसस्कार , विकसित , आधुनिक बनाउन समाजका हरेक मानिसले पढ्न आवश्यक रहेकाे बताउनुहुन्छ ।

 

 

प्रकाशित मिति: २०२१-१२-२२ , समय : ११:५४:४० , २ वर्ष अगाडि