प्रदेश अध्यक्षमा थापा निर्वाचित

Enepal Patra Pvt. Ltd. , २८४  पटक हेरिएको

उर्लाबारी,२० मङ्सिर । नेपाली काँग्रेस प्रदेश नं.१ को सभापतिमा झापाका उद्धव थापा निर्वाचित हुनु भएको छ । सोमबार बिहान ३ बजे सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार थापाले ८४४ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँले नेविसङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं काँग्रेस केन्द्रीय सदस्य गुरूराज घिमिरेलाई २ मतले पराजित गर्दै प्रदेश नं. १ को सभापति निर्वाचित हुनु भएको हो । घिमिरेले ८४२ मत प्राप्त गर्नुभयो ।
आइतबार २ बजे देखि सुरु भएको मतगणनाको प्रारम्भ देखि नै घिमिरेले अग्रता कायम गर्नु भएको थियो । तर, अन्तिम परिणाम आउँदा घिमिरे २ मतले पछि पर्नुभयो । २ उप सभापति मध्ये राष्ट्रिय सभाका सांसद समेत रहनु भएका रमेशजङ्ग रायमाझी ८९१ मत सहित विजयी हुनुभयो ।अर्का उप सभापति टङ्कप्रसाद राईले ८४७ मत प्राप्त गरी विजयी हुनभयो । उप सभापतिका निकटतम प्रतिद्वन्द्वी गोविन्दप्रसाद ढुङ्गानाले ७६५ मत र अर्का प्रतिद्वन्द्वी विश्वनाथ रिजालले ६६९ मत प्राप्त गर्नुभयो ।
यस्तै २ महामन्त्री पदमा खोटाङका भूपेन्द्र राई ८२४ मत र सुनसरीका उमेश थापा ८२३ मत सहित विजयी हुनुभयो ।महामन्त्री पदका निकटतम प्रतिद्वन्द्वी दीपनकुमार श्रेष्ठले ७६४ मत पाउनु भयो भने पदमसुन्दर पालुङ्वाले ८०४ मत प्राप्त गर्नुभयो । ३ सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा खुल्ला तर्फ खड्गबहादुर फागो १ हजार २६ मत र विनोदकुमार बस्नेत ७४७ मत सहित विजयी हुनुभयो । खुल्ला सहमहामन्त्रीका निटतम प्रतिद्वन्द्वी रोहितकुमार साहले ६६५ मत,वीरकाजी राईले ६४७ मत र शुभचन्द्र राईले ८४ मत प्राप्त गर्नुभयो ।
महिला सह महामन्त्रीमा प्रमिला गच्छदार ८३७ मत सहित विजयी हुनभयो । सह महामन्त्रीकी निकटतम प्रतिद्वन्द्वी सीता कार्कीले ७३३ मत प्राप्त गर्नुभयो । ८ पदाधिकारीका लागि १७ जनाको उम्मेद्वारी परेको थियो ।
प्रदेश नं.१ को सदस्य तर्फको मतगणना सोमबार बिहानबाट पुन ः थालिने भएको छ ।
प्रदेश सभापति उद्धव थापाको फोटो पनि छ ।

प्रकाशित मिति: २०२१-१२-०६ , समय : १३:४३:०८ , २ वर्ष अगाडि