Enepal Patra Pvt. Ltd. , ९३५ पटक हेरिएको
धरान १६ मसिर । धरान उपमहानगरपालिकाको चुनावमा नेपाल कम्युनिस्ट पार्टीलाई नेपाली कांग्रेसले पछाडि पारेको छ। मतगणनाको नयाँ परिणामअनुसार कांग्रेस उम्मेदवार तिलक राईले नेकपा उम्मेदवार प्रकाश राईलाई ४३४ मतले पछाडि पारेका छन्।
यसअघि नेकपाले अग्रता कायम गरिरहेकोमा वडा नम्बर १६ को मतगणना थालेपछि कांग्रेस उम्मेदवारले उछिनेका हुन्।
हालसम्मको गणनाअनुसार कांग्रेसले ६ हजार ८५७ मत पाएको छ। नेकपाले ६ हजार ४२३ मत ल्याएको छ।
वडा नम्बर १६ को गणना सकिँदा कांग्रेसलाई त्यहाँ २३४० र नेकपालाई १८४९ मत प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ।
प्रकाशित मिति: २०१९-१२-०१ , समय : १४:१३:५८ , ७ वर्ष अगाडि