एकै वडा वाट ९० जना कांग्रेसमा प्रवेश

Enepal Patra Pvt. Ltd. , ९११  पटक हेरिएको

लेटाङ २७ कार्तिक । विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेस पार्टीमा ९० जना प्रवेश गरेका छन् ।
लेटाङ नगरपालिका वडा नं. ७ का विभिन्न पार्टीमा आस्था राखिरहेका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन ।

नेकपाले वोल्ने र काम गर्ने शैली फरक भएकाले जनताले विश्वास गरे पनि पार्टीले धोका दिने भएकाले पार्टी नेपाली कांग्रेस जस्तो जे वोल्छ त्यहि गर्ने पार्टीलाई अंगिकार गरिएको नवप्रवेशीहरुले वताएका छन् । पार्टी प्रवेश गर्नेहरुलाई जिल्ला सभापती डिगबहादुर लिम्बू र महासमिती सदस्य शंकर राइ लगायतको टोलीले टीका लगाएर स्वागत गर्नुभएको थियो ।

नेपाली काँग्रेस लेटाङ ७ ले कार्यकर्ता भेट्घाट तथा अन्तरक्रिया कार्यक्रममा उनिहरु कांग्रेस पार्टी प्रवेश गरेका हुन् ।
सोमबार लेटाङ नगरपालिका वडा नं ७ वारङी बजारमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाली कांग्रेस मोरङका सभापती तथा संविधान सभाका सदस्य डिगबहादुर लिम्बू प्रमुख अतिथी रहनुभएको थियो ।
कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेस पाटीका महासमिति सदस्य शंकर राई , प्रदेश सभापति ईश्वरी कोईराला , जिल्ला सदस्य ईन्द्र माबोहाङ , महाधिवेशन प्रतिनिधि नन्दप्रसाद खतिवडा , क्षेत्रीय सचिब पर्बत राई लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: २०१९-११-१३ , समय : १३:०८:०२ , ४ वर्ष अगाडि