कानेपाेखरी सभापतिमा चाैलागाईकाे चर्चा

Enepal Patra Pvt. Ltd. , ५१८  पटक हेरिएको

उर्लाबारी(मोरङ), १४ असोज । युवा नेता दीपक चौलागाईले नेपाली कांग्रेस कानेपोखरीको सभापतिमा उम्मेद्वारी घोषणा गरेका छन् । मोरङको कानेपोखरी–२ का स्थायीवासी चौलागाईँ १३ औं महाधिवेशनमा साविकको केरौन गाउँ सभापतिमा १ मतले पराजित भएका थिए ।
युवा होस या वृद्ध ,श्रमजीबी हुन वा किसान सबैसँग समान सम्बन्ध स्थापना गर्न सफल चौलागाई पेशाले नीजि विद्यालय सञ्चालक हुन् । राजनीतिलाई सामाजिक सेवाका रुपमा लिने ३६ वर्षीय चौलागाई १० वर्षको उमेर देखि निरन्तर काङ्ग्रेसको पार्टी संगठन गोडमेल गरिरहेका छन् । हालसम्म राजनीतिक नियुक्ति र भागभण्डाका आधारमा कुनै पद नलिएका चौलागाई अहिले सम्मका कानेपोखरीबाट उम्मेद्वारी घोषणा गर्ने नेताहरू मध्ये ‘क्लिनचिट’ मानिन्छन् । २०६२ सालमा महेन्द्र बमुमुखी क्याम्पस विराटनगरमा अध्ययन गर्दा उनी नेविसङ्घमा संगठित भए । काङ्ग्रेसी परिवारमै जन्मिएकाले चौलागाईलाई नेपाल विद्यार्थी सङ्घको राजनीति र संगठन बुझ्न कुनै अप्ठ्यारो भएन । त्यसैले कलेज अध्ययनका १२ वर्ष उनले नेविसंघलाई सहयोग गरे । नेविसंघको स्थायी कार्यकर्ता भएर काम गरेका चौलागाईले कहिल्यै पद खोजेनन् । नत जागिर माग्दै नेताका दैलोमा पुगे । शिक्षा शास्त्रमा स्नातकोत्तर (एम.एड ) र एलएलवी उत्तीर्ण गरेका चौलागाई आफ्नै ब्यवसायमा लागे । धेरैलाई रोजगार दिने शैक्षिक प्रतिष्ठानको स्थापना गरे । उनी भन्छन् – जागरि खाएको भए मेरा लागि मात्र हुन्थ्यो । शैक्षिक प्रतिष्ठान स्थापना गर्दा यस क्षेत्रका शैक्षिक बेरोजगारहरूलाई सानोतिनो भए पनि रोजगार दिन सकेको छु ।
त्यसो त उनी सानै उमेर देखि हाकी स्वभावका थिए । उनलाई नजीकबाट चिन्नेहरू भन्छन्– स्कुल पढ्दा देखि नै असल शासनको केरौन अध्यक्ष थिए दीपक । सुरु गरेको काम सम्पन्न गर्न उनी माहिर छन् । सामाजिक जिम्मेवारी समेत लिन पछि नपरेका दीपक केरौन दूग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष बनिसकेका हुन् । त्यस्तै तत्कालिन बयरवन स्वास्थ्य चौकीको सञ्चालक सदस्य भएर काम गरे । त्यति मात्र होइन,दीपक अहिले पनि रमाइलो बहुमुखी क्याम्पसको सञ्चालक सदस्य ,गहना बचत तथा ऋण सहकारी संस्थाको सचिव,नेपाल रेडक्रस सोसाइटी केरौन उपशाखाको सदस्य, पिनाकल ज्ञान मन्दिरको प्रबन्ध निर्देशक र नेशनल कोअपरेटिभ एलायन्स मोरङको सचिव भएर काम गरिरहेका छन् । पार्टी संगठनमा सधैं तटस्थ भूमिकामा देखिने उनी मोरङ कांग्रेसका नेता दिलिपकुमार गच्छदारलाई आफ्नो नेता मान्छन् । उनले भने तर म कुनै गुट वा समूहमा छैन् । दिलिप दाइसँग तत्कालिन निर्वाचन क्षेत्र नं. ३ का कारण नजिक भएँ । केरौन र बाहुनी भौगोलिक रुपमा नजिक भएकोले सामिप्यता बढ्यो । म कुनै गुट वा समूहमा छैन् । कांग्रेसका साझा समस्यामा समाधान खोजिनु पर्छ भन्ने मान्यता राख्ने चौलागाई प्राज्ञिक भएकै कारण तर्कमा भन्दा परिणाममा विश्वास गर्छन् । उनी भन्छन्– मेरो उम्मेद्वारी रुख चिन्हबाट उम्मेद्वार भएका हाम्रो नेताहरूलाई जिताउनका लागि हो । मैले पार्टीको नाममा कुनै सुख सुविधा लिएको छैन् । र लिन्न पनि । पार्टीले तोकेर दिएको जिम्मेवारी आफ्नै सामर्थ्यले पुरा गर्न सक्छु , उनी दाबी गर्दै अगाडि थप्छन्– अघिल्लो नेतृत्वले के गर्‍यो ,के गरेन । म त्यता जान्न । तर,मलाई साथीहरूले जिताउनु भयो भने कानेपोखरीमा कांग्रेसलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु । कानेपोखरीमा आफ्नै पार्टी कार्यलय निर्माण गरिने छ । धेरै महत्वकांक्षी हुनु छैन् । तर,क्रियाशील साथीहरूलाई प्रशिक्षणका माध्यमबाट कांग्रेसको नीति सिद्धान्त र कार्यक्रमका विषयमा शिकाउन,पढाउने र चिनाउने काम गर्नेछु । उनले अन्त्यमा भने–पार्टी संगठन क्लब हुन लागिसक्यो । कुनै ब्यक्तिको गोजीबाट निर्णय हुने । सामूहिक प्रयासबाट निष्कर्ष निकाल्ने पार्टी संगठन निर्माण नै मेरो अर्जुन दृष्टि हो ।

प्रकाशित मिति: २०२१-०९-३० , समय : १३:०५:३० , ३ वर्ष अगाडि