नेपाली समाज युएईले आज ३५ औं स्थापना दिवस मनाउँदै

ईनेपालपत्र संबाददाता , २५  पटक हेरिएको

फडिन्द्र ढकाल
यूनाईटेड अरब ईमिरेट्स (यूएई) मा रहेको नेपालीहरुको पुरानो संस्था नेपाली समाज यूएईले आज (अप्रिल २१) आफ्नो ३५ औं स्थापना दिवस मनाउँदैछ ।

बिशेष सांस्कृतिक कार्यक्रम सहित मनाउन लागिएको उक्त कार्यक्रममा विभिन्न विधामा समुदायमा योगदान दिएका नेपालीहरुलाई सम्मान गरिने समाजका अध्यक्ष बेद प्रसाद अर्यालले जानकारी दिएका छन् । कार्यक्रममा यूएईमा ३५ बर्ष भन्दा बढी कार्यरत रहेका नेपालीहरुलाई पनि सम्मान गरिनेछ ।

सॅास्कृतिक कार्यक्रमका लागि नेपालबाट गायक नारायण माझी, कुलेन्द्र विश्वकर्मा, गायिका शान्ति श्री परियार, र रेश्मा बोम्जोम दुबइ आउने कार्यक्रम रहेको छ ।

सन् १९९० मा स्थापना भएको नेपालीहरुको पुरानो संस्था नेपाली समाजमा यूएईमा कृयाशील रहेका ५० भन्दा बढी संस्थाहरु आबद्द रहेका छन् । नेपाली पञ्चेबाजा सहित यूएईमा रहेका नेपाली कलाकारहरुले उक्त कार्यक्रममा प्रस्तुती दिनेछन् ।

यूएईमा आपतमा परेका नेपालीहरुको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको महासचिब केदार कुँवरले बताए । समाजले नेपाली दूतावाससॅग सहकार्य गरी आपतमा परेका, मृत्यु भएका र बिभिन्न कारणले बिरामी नेपालीहरुको उद्दार गर्दै आईरहेको छ । कोरोना प्रकोपको समयमा समाजले हजारौं अलपत्र नेपालीहरुलाई उद्दार गरी नेपाल पठाएको थियो ।

प्रकाशित मिति: २०२४-०४-२१ , समय : २०:०१:५७ , २ हप्ता अगाडि