लेटाङमा कांग्रेसको वडा तहको निर्वाचन सम्पन्न

Enepal Patra Pvt. Ltd. , ११०२  पटक हेरिएको

लेटाङ, ६ अशोज । चौधौ महाधिबेशनको संघारमा जारी लेटाङ नगरपालिका अन्र्तगत ९ वटै वडामा अधिबेशन सम्पन्न भएको छ । सबै वडामा भएको अधिबेशनमा ८ नं. वडामा सभापतिमा चुनाव भएको थियो भने वडा नं. ६ मा क्षेत्रिय प्रतिनिधीमा चुनाव भएको थियो ।
बाँकी वडामा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस नगर सचिव कुवेर पौडेलले जानकारी दिनुभयो ।

देशै भर हुने ९ गतेकाे पालिका अधिबेशन लेटाङमा ३ जना नगरसभापतिका उमेद्धवार रहेका छन् ।

प्रकाशित मिति: २०२१-०९-२२ , समय : १९:२३:३६ , ३ वर्ष अगाडि