जन्मदिन मनाउदै लिम्बुले भने जिल्ला सभापतिमा पुन दोहोर्याउछु

Enepal Patra Pvt. Ltd. , १३०६  पटक हेरिएको

लेटाङ ,२३ भदौ । अगुवा कार्यकर्ताको भेलामा नेपाली कांग्रेस जिल्ला सभापति डिगवहादुर लिम्बुले आफ्नो अन्ठाउन्नौ जन्मजयन्ती मनाएका छन् । मंगलबार केरावारी,लेटाङ,उर्लावारी र मिक्लाजुङका अगुवा कार्यकर्ताहरु संग भेट गर्दै लिम्बुले १४ औ महाधिबेशनको तयारीका विषयमा छलफल गरेका थिए । सोही क्रममा मोरङ जिल्ला सभापतिमा पुन: जितको कामना गर्दै लिम्बुको जन्मदिनको अवशरमा अगुवा कार्यकर्ताहरुले केक काटेर शुभकामना दिएका थिए  । १७ वटै पालिकामा वडाको निर्वाचन गराउन क्रियाशिल बनेका लिम्बु जिल्ला जिल्ला सभापतिमा पुन एकपटक दोहो¥याउने पक्षमा छन् । स्थानिय अगुवा कार्यकर्ताहरुले लिम्बुलाई १४ औ महाधिबेशनमा उमेद्धवारी चाडो स्पष्ट पार्न भनेका थिए । जवाफमा लिम्बुले आफु पुन: एकपटक जिल्ला सभापती बन्न ईच्छुक रहेको बताएका थिए ।

प्रकाशित मिति: २०२१-०९-०८ , समय : १४:५०:२२ , ३ वर्ष अगाडि