क्रियाशील सदस्यता वितरणमा खड्काको एकल निर्णय ,नगर समितिको आपत्ति

Enepal Patra Pvt. Ltd. , ८४९  पटक हेरिएको

पथरीशनिश्चरे, २९ असार । क्रियाशील सदस्यता वितरणमा नेपाली कांग्रेस मोरङ–३ का क्षेत्रीय सभापति गणेश खड्काले मनोमानी गरेको आरोप लागेको छ ।
कांग्रेसमा वडा, गाउँ÷नगर, क्षेत्रीय र जिल्ला समितिले नाम सिफारिस गरेपछि क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्य वितरण गर्ने ब्यवस्था छ । सोही ब्यवस्था अनुसार वडा समितिले नयाँ सदस्यको नाम सिफारिस गरेको थियो । तर, क्षेत्रीय सभापति खड्काले फागुन २८ गते अन्तिम म्याद भएको भन्दै गैर कांग्रेसलाई समेत क्रियाशील सदस्यता दिएको आरोप लागेको हो । वडा कार्यलयले सफिारिस गरेको भन्दा बढी ब्यक्तिलाई ढोका हुँदाहुँदै जस्केलो प्रयोग गरेर सदस्यता प्रदान गरेको पथरीशनिश्चरे नगरका कांग्रेस सभापति टेकबहादुर थापाले बताउनु भयो । सोमबार पार्टीको क्षेत्रीय कार्यलयमा पत्रकार सम्मेलन गरेर थापाले क्षेत्रीय सभापतिले जति नाम एकल निर्णयबाट पठाउनु भयो । ति सबै नाम सिफारिस गर्न नगर समिति तयार थियो । तर, उहाँले मैले क्रियाशील सदस्यता दिएँ भनेर अपनत्व लिन वडा र गाउँ समितिको कुनै निर्णय बिना क्रियाशील सदस्यको फारम भरेर कांग्रेसको वेवसाइटमा प्रविष्ट गर्नुभयो ।
पथरीशनिश्चरे नगरपालिकाले सिफारिस गरे भन्दा ३१२ जना बढीको नाम आएको छ । जति नाको नाम आए पनि नगर समितिलाई आपत्ति नभएको थापाको भनाई छ । उहाँले विधानलाई लगौटी लगाएर एकल निर्णयबाट सदस्यता सिफारिस गर्नुभयो । पार्टीको बिधान अनुसार जाउँ । भन्ने मेरो माग हो । तर, अहिले क्षेत्रीय सभापति खड्का पार्टीका साथीहरूलाई फोन गरेर तिम्रो क्रियाशील सदस्यता नगर सभापतिले खाइदियो भनेर प्रचार गरिरहनु भएको छ । थापाले भन्नुभयो –क्षेत्रीय सभापतिले पठाएका नामका विषयमा क्षेत्रका तीन जना सचिवलाई सूचना छैन् । न त क्षेत्रीय समितिका पदाधिकारी र नगर समितिका पदाधिकारीलाई थाहा छ । सभापति खड्काले केही नेताको आडमा वडा बाटै पार्टी कब्जा गर्दै जान खोजेको नगर सभापति थापाले बताउनु भयो । सदस्यता वितरण गर्ने प्रक्रिया गलत भयो भनेर उजुरी गरेका हौं । उहाँहरूलाई सदस्यता नदिऔं भन्ने आशय होइन । थापाले आफ्नो गल्ती भए कारवाही भोग्न तयार रहेको बताउँदे पार्टीमा सवैसत्ताबाद लाद्न खोजिएको प्रति मात्रै बिरोध गरेको बताउनु भयो ।
केही दिन अघि काठमाडौंबाटै फोन गरेर खड्काले नगर सभापति टेकबहादुर थापाको सातो लिनु भएको थियो । तर, थापाले पार्टी गोजीबाट सञ्चालन गरिने कुनै कम्पनी वा क्लव होइन भन्दै खड्कालाई जवाफ दिनु भएको थियो । १३ औं महाधिवेशनमा नगरसभापति थापाको काँधमा बसेर चुनाब जितेका खड्का पछिल्लो समय पार्टीमा आलोचित हुँदै जानु भएको छ ।

प्रकाशित मिति: २०२१-०७-१३ , समय : २१:४१:०५ , ३ वर्ष अगाडि