देउवा प्रधानमन्त्रीमा नियुक्त, सपथको तयारी

Enepal Patra Pvt. Ltd. , ६५४  पटक हेरिएको

काठमान्डौ ,२९ असार ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मंगलबार संविधानको धारा ७६ ९५० अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

‘उहाँलाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ, सम्भवतस् सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ, सपथको तयारी हुँदैछ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले सेतोपाटीसँग भने।

ढकालका अनुसार सपथ ग्रहणको समय भने निर्धारण भइसकेको छैन।

‘प्रधानमन्त्री नियुक्त व्यक्तिसँग सपथको समयबारे समन्वय भइरहेको छ, हामी जानकारी गराउँछौं,’ ढकालले भने।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

 

सेताेपाटी वाट

प्रकाशित मिति: २०२१-०७-१३ , समय : १३:०७:०१ , ३ वर्ष अगाडि