रतुवामाई बाख्रा पकेट संचालन समितिले गर्‍यो ५० प्रतिशत साझेदारीमा बोयर बोका, पाठा वितरण

Enepal Patra Pvt. Ltd. , ९१६  पटक हेरिएको

पुजन दास

रतुवामाई। मोरङ्गको रतुवामाई नगरपालिकाका वडा नं.५,६ र ७ का कृषकहरुलाई रतुवामाई बाख्रा पकेट सञ्चालन समितिले नगरपालिकाको आर्थिक सहयोगमा ५० प्रतिशत साझेदारीमा बोका,पाठा, औषधी तथा सुधारिएको टाट्नो वितरण गरेको छ।

सौठाको बुधबारे बजारमा आज सम्पन्न एक औपचारिक कार्यक्रम माझ नगरपालिकाका वडा नं.५,६ र ७ का ४४ जना कृषकहरुलाई बोका, पाठा , औषधी तथा सुधारिएको टाट्नो वितरण गरिएको थियो।
उक्त औपचारिक कार्यक्रम रतुवामाई बाख्रा पकेट सञ्चालन समितिका अध्यक्ष जीतमान श्रेष्ठको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि रतुवामाई नगरपालिकाका प्रमुख मेयर रबिन राईको रहेको थिए।
त्यस्तै विशिष्ट अतिथिका रुपमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत दिनानाथ लम्साल र रमा राई रहेका थिए । अतिथिका रुपामा कृषि विशेषज्ञ रुद्र बहादुर तामाङ, संकल्प एग्रोभेटका सुरेश रेग्मी र स्थानीय राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतको रहेका थियो।
कार्यक्रममा कृषि विशेषज्ञ रुद्र बहादुर तामाङ, संकल्प एग्रोभेटका सुरेश रेग्मी लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथी मेयर राईले भन्नू भयो…
“नगरपालिकाका वडा नं.५,६ र ७ का कृषकहरु र कृषि समुहले देखाएको उत्त्सुक्ता अनुरुप नगरपालिकाले यो कार्यक्रम अघि सारेको हो। गाउँ गाउँमा रहेका कृषकहरुलाई ब्यावसायिक बनाउदै आत्मानिर्भर बनाउने योजना छ । आगामी दिनमा नगरभरीनै कृषि कार्यक्रम द्रुतरुपमा संचालन गर्ने योजना छ। नगरवासीको आयको श्रोत मध्ये कृषि र पशु-पालन पनि मुख्य रहेकाले कृषि, पशु-पालन र उत्पादन मुलक क्षेत्रमा नगरपालिका बाट विशेष योजना बनाउदै छौ।”

त्यस्तै कार्यक्रमका सभापति जीतमान श्रेष्ठले कार्यक्रमको समापन गर्दै भन्नूभयो “नगरपालिकाको वडा नं.५,६ र ७ का कृषि समूह र कृषकहरुबाटै समिति गठन गरि खरिद प्रकिया र बितरण गरिएकाले काम गर्न सहज भयो। सम्पुर्ण साथीहरूको उत्सुकता र काम गर्ने जोस देख्दा खुशी लागेको छ।”
सम्पुर्ण बोका , पाठीको विमा गरिएकाले कृषकहरुलाई ढुक्क हुन समेत आग्रह गरेका छन।
Pujan Dash
Pujan sent Today at 19:45

प्रकाशित मिति: २०२१-०६-३० , समय : २०:२९:३४ , ३ वर्ष अगाडि