सिमकोट, १५ असार । हिमाली जिल्ला हुम्लामा पहिलो पटक एकीकृत प्रेस शिविर शुरु भएको छ । जिल्लामा कार्यरत पत्रकारका लागि सूचना तथा सञ्चार विभागले वितरण गर्ने प्रेस पास वितरणसहित पत्रकारिता क्षेत्रका विविध विषयमा छलफल गर्न शिविर शुरु भएको नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतले जानकारी दिनुभयो ।

शाखाको आयोजना एवं कर्णाली प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति, सूचना तथा प्रसारण विभागको सहकार्यमा आजदेखि तीन दिने शिविर शुरु भएको हो । आज पहिलो दिन आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले पत्रकारहरुसँगको परामर्शमा संविधान र कानूनबमोजिम प्रेसमैत्री नीति कार्यान्वयन गरिने बताउनुभयो । उहाँले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान र लोककल्याणकारी विज्ञापनका लागि बजेट विनियोजन गरिएको बताउनुभयो ।

कार्यक्रमका लागि लकाउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, समितिका अध्यक्ष राजेन्द्र अर्याल, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, विभागका भरत गौतम, नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाई आउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.