हिले दौड प्रतियोगिता

Enepal Patra Pvt. Ltd. , ५४८  पटक हेरिएको

झापा, १५ असार । कृषि ज्ञान केन्द्र झापाले १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ को अवसरमा आज कचनकवल गाउँपालिका–१ मा हिले दौड प्रतियोगिता गराएको छ ।
दौड प्रतियोगितामा महिलातर्फ भूमिका गणेश प्रथम, संगीता गणेश दोस्रो, ललिता गणेश र रेणुका राजवंशी तेस्रो भएका थिए भने पुरुषतर्फ लक्ष्मण गणेश प्रथम, अजय गणेश दोस्रो र प्रद्वग गणेश तेस्रो भएका छन् ।

प्रथम र द्वितीय हुने महिला तथा पुरुषलाई स्प्रे ट्याङ्की, प्राङ्गरिक मल, र तेस्रोलाई प्लाष्टिकको त्रिपाल पुरस्कार स्वरुप दिइएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताउनुभयो ।
जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर १ का प्रदेशसभासदस्य वसन्त बानियाँले सरकारले किसानलाई प्रोत्साहन गर्न र उत्पादन वृद्धिमा सहयोग पुरयाउन कृषि औजारहरु अनुदानमा दिइरहेको बताउनुभयो ।
झापामा ८७ हजार ५०० हेक्टरमा धान खेती हुने गरेको छ । सोमध्ये २० प्रतिशतमा मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका कृषि विज्ञ शालिकराम भट्टराईले बताउनुभयो । समयमा पानी परिरहेका कारण असार मसान्तभित्रमा ९० प्रतिशत रोपाइँ सकिने उहाँको भनाइ छ ।

प्रकाशित मिति: २०२१-०६-२९ , समय : २०:०१:२७ , ३ वर्ष अगाडि