मन्त्रीले भनेजस्तो ४ डलरमा भ्याक्सिन पाइन्छ भने मोरङका नागरिक बचाउन भ्याक्सिन किन्न म तयार छु : नेता रायमाझी

Enepal Patra Pvt. Ltd. , १२२१  पटक हेरिएको

काठमाडौं,   ३०  बैैशाख ।  कांग्रेसका नेता, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले सरकारको निकम्मापन र कमिसनको मोलमोलाईले समय मै भ्याक्सिन आउने सम्भावना शून्य बराबर रहेको बताएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा सरकारले कोरोना महामारीमा काम गर्न नसकेकोमा असन्तुष्टि जनाएका हुन् ।

त्यस्तै, नेता रायमाझीले भनेका छन्, ञञ यदि स्वास्थ्य मन्त्रीको भनाई सही हो र ४ डलरमा अमेरिकन भ्याक्सिन पाईन्छ भने मोरङ जिल्लाका नागरिक बचाउन उक्त भ्याक्सिन किनिदिन तयार छु म। किन कि सरकारको निकम्मापन र कमिसनको मोलमोलाईले समय मै भ्याक्सिन आउने सम्भावना शून्य बराबर छ।झझ

प्रकाशित मिति: २०२१-०५-१३ , समय : १९:२७:१७ , ३ वर्ष अगाडि