पालिका प्रमुख र उपप्रमुखको गाडी काण्ड,फण्डामात्रै

Enepal Patra Pvt. Ltd. , १५०३  पटक हेरिएको

सुरेश अधिकारी,

लेटाङ(मोरङ), २६ बैशाख । कोरोना भाइरसका कारण देसमा स्वास्थ्य संकट निम्तिएको छ।यो बेलामा नितिगत निर्णय हरु गरेर कुनै पनि बेला आइपर्ने स्वास्थ्य संकटलाई मध्यनजर गरि प्रत्येक पालिकाले अल्पकालिन र दिर्घकालिन रुपमा अस्पतालको निर्माण गर्ने,यो रोगको महामारि आइलागेमा कसरि नागरिकलाई सुरक्षा प्रदान गर्ने र जनजिबन कसरि सामान्य बनाउने भन्ने दुरगामि योजना बनाउन खासै ध्यान दिइएको देखिएन।
राज्यका सबै सम्पति हरुमा प्रत्येक नागरिकको उत्तिकै हक र अधिकार रहन्छ । जब देसमा संकट पर्छ त्यतिखेर राज्यका सबै अंग,जनप्रतिनिधि, सरकारी सबै रास्ट्रसेवक, गैरसरकारी संघरसस्था,राज्यका सबै नागरिकसमेत मिलेर संकट निबारणका लागि उत्तिकै भुमिका निर्भाह गर्नु प्रमुख दायित्व भित्र पर्दछ। तर आज भोलि सामाजिक संजालहरुमा पालिका प्रमुखरउपप्रमुख चढ्ने गाडि बिरामी बोक्न प्रयोग गर्न भन्ने बिषयले सामाजिक सन्जाल रंगीचंगी भएको देखिन्छ। ति साधनहरु पालिका प्रमुखरउपप्रमुखलाई मात्रै चढ्न दिएको होईन, त्यसैले एम्बुलेन्सको काम गर्नुपर्यो भन्ने तर्क अगाडि सारिएको छ । भनिएको छ, ती सबारी साधनहरु उनिहरुले मात्रै चढ्न दिएको होईन,ति सबै सवारी साधनहरु नागरिक कै हुन । आवश्कता पर्दा नागरिकले निर्बाध रुपमा ती साधन प्रयोग गर्न पाउने नैसर्गिक अधिकार भित्र पर्दछ। तर नागरिकले उठाएको यो सामान्य अधिकारको मागलाई आफ्नो अबसरको रुपमा लिदै नागरिकले तिरेको कर बाट खरिद गरिएका यस्ता साधन आफैले आफ्नै निजि सम्पत्तिबाट खरिद गरेर दिएझै गरेर प्रचार गरिएको छ । यस्ता कुरामा सस्तो लोकप्रियता वा चुनाबी फण्डाको लागि प्रचार गर्नु भन्दा म मेरो पारिश्रमिकबाट बिपदमा परेका नागरिकलाई यति सहयोग गर्छु, मेरो ब्यक्तिगत लाभबाट तथा ब्यक्तिगत सम्पतिबाट बिपदमा परेका नागरिकलाई यति सहयोग गर्छु भनेर घोषणा गर्ने हिम्मत कुनै पालिका प्रमुखरउपप्रमुख लगायत अन्य जनप्रतिनिधि ज्युहरुसङ्ग छरु पक्कै छैन, किनकि त्यहा आफ्नो दिनुपर्छ । पालिकाबाट दिदा आफ्नो पनि नजाने दिए जस्तो नि हुने भएकोले मिडियाबाजी गरिएको देखिन्छ ।
बास्तबमा कोभिडबाट सङ्क्रमित र स्वास्थ्य सस्थामा लैजानु पर्ने बिरामीको लागि निजि गाडी वा एम्बुलेन्सहरुलाई स्थानिय पालिकाले भुक्तानीको ब्यबस्था गरिदिएर प्रयोग गर्ने र कोभिड सङ्क्रमणबाट अरु जनतालाई जोगाउन भने मेयररउपमेयरले जनताको घर आगनमा पुग्नुपर्ने अबस्था छ । स्थानिय ब्यबसायीका भेनर एम्बुलेन्स काम नपाएर घरमा थन्क्याउनु पर्ने अबस्था अनि प्रमुखरउपप्रमुखले चै बिना सुरक्षा कोरिना सङ्क्रमितको लागि प्रयोग गरिनु मनासिब हुँदै होईन ।यस्तो भयावह अबस्थामा आफुले चढ्दै आएको गाडी दिएर सार्बजनिक ब्यक्तिले घरमा सुत्नु ठिक हुँदै होईन, स्वास्थ्य मापदण्ड अपनाउदै बिरामीका घरक्षेत्रमा गएर ऎया११ ऎया भनेर छ्ट्पट्टीरहेकाहरुलाई हौसला प्रदान गर्नुपर्ने जिम्मेबारीबाट बच्न उनिहरुले गरिरहेको यो प्रचारात्मक कार्य ठिक होईन, हुँदै होईन ।
अहिले होम आईसोलेसनमा भएकालाई स्वास्थ्य सल्लाह र पोसिलो खानेकुराको आबश्यकता छ, उनिहरुलाई घरमा नै उक्त सेवा प्रदान गर्न प्रमुखरउपप्रमुखबाट नितिगत रुपमा के गरियोरु वा नीति बनाईएकै भए उक्त कार्यको लागि स्वास्थ्यकर्मीहरु कसरी परिचालन गरिएको छरु गाउबस्तिमा कोभिडसङ्ग मिल्दोजुल्दो लक्षण भएर बिरामी परेकाहरुको स्वाब सङ्कलन गर्ने ब्यबस्था कसरी पुर्याईएको छरु सङ्क्रमणबाट गम्भीर भएका बिरामीलाई हस्पिटल पुर्याउने र उपचारमा सहजताको लागि के गरिदैछ भन्ने कुरा चै मुख्य होईन ररुरु गाडी जिम्मा लगाएको छु, आफ्नो त साधन नि छैन भन्ने बहानाबाजी गरेर घरमा सुत्नलाई यो पद पक्कै होईन ?
र अर्को कुरा यो सङ्कटको घडीमा वडादेखि राष्ट्रिय सभासम्मका सबै जनप्रतिनिधिहरु, कार्यलय सहयोगिदेखि मुख्य सचिबसम्मका सबै रास्ट्रसेवक कर्मचारि हरु, सेना, प्रहरि,स(सस्त्र प्रहरीका सकल दर्जाका रास्ट्रसेवक हरु,निजि क्षेत्रका सबै कर्मचारि हरु सबैले प्रत्येक पालिकामा सधै भरिलाइ काम लाग्ने गरिको सुबिधा सम्पन्न अस्पताल बनाउनका लागि १ महिना, २ महिना, ३ महिना कति महिनाको पारिश्रमिक दिन सकिन्छ । अथवा आधा महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने हो भने धेरै ठूलो परिबर्तन हुन सक्छ । राजनिती दलका आमसभाहरुमा मोटो रकम सहयोग गर्न नहिचकिचाउने मनोबृत्तिका कर्मचारी, उधोगि,ब्यापारि, तथा आम नागरिकलाई समेत सो महान कार्यमा समाहित गराउने जिम्मेवारी पालिका प्रमुखर उपप्रमुखमा छ र त्यसैमा हाम्रो र भाबि पिढिको कल्याण छ । यो गराउने उहाहरुको लागि ठूलो अबसर पनि हो । नत्र लोकप्रियता कै लागि सामाजिक सन्जाल रङ्गाउने हो भने पशुपतिनाथले हामि सबैको कल्याण गरुन भन्नु बाहेक अरु के नै गर्न सकिन्छ ?

प्रकाशित मिति: २०२१-०५-०९ , समय : १०:४८:५० , ३ वर्ष अगाडि