योङ कम्युनिष्ट लिगका नगर अध्यक्ष एमालेमा प्रवेश

Enepal Patra Pvt. Ltd. , ५७४  पटक हेरिएको

लेटाङ, २४ बैशाख । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग(वाईसियल)का लेटाङ नगर अध्यक्ष उर्गेन तामाङ नेकपा एमालेमा प्रबेश गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै तामाङले नगर अध्यक्ष सहित नेकपा माओवादी केन्द्रमा रहेका आफ्ना सम्पुर्ण जिम्मेवारीवाट आफुलाई मुक्त गरि मुलधारको राजनीतिक दल एमालेमा प्रबेश गरको जनाएका हुन् ।
हालको विषम परिस्थितिमा माओवादी केन्द्र सत्ताको झिनाझप्टीमा लागेर जनताको भावना र मर्म विवरित हिडिरहेको भन्दै मुलधारको राजनैतिक पार्टी केपी ओलीको नेतृत्वमा रहेको नेकपा एमाले वाट मात्र देश र जनताको समस्या समाधान हुने भन्दै पार्टी परित्याग गरेको वताउनुभयो ।

विज्ञप्ती

प्रकाशित मिति: २०२१-०५-०७ , समय : १२:४५:०३ , ३ वर्ष अगाडि