Enepal Patra Pvt. Ltd. , ९७६ पटक हेरिएको
काठमान्डौ, १९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्।
मुख्यमन्त्री पोखरेलले केहीबेर अघि प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन्। नयाँ सरकार गठनका लागि मार्ग प्रशसस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको प्रदेश प्रमुख कार्यालय स्रोतले जानकारी दिएको छ।
उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उनीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ।
उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन्। प्रदेश सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको छ ।
प्रकाशित मिति: २०२१-०५-०२ , समय : ०९:४०:५२ , ५ वर्ष अगाडि