शंकर खरेलको १७ औं कृति ‘टिलो’ सार्वजनिक

Enepal Patra Pvt. Ltd. , ६९९  पटक हेरिएको

काठमान्डौ, १४ बैशाख । कथाकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ।

सिक्किम राज्यमा २५ वर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रीक मोर्चाका अध्यक्ष पवन चाम्लिङले सिक्किममा आयोजित एक कार्यक्रमकाबीच कथासङ्ग्रहको विमोचन गरेका हुन् ।

‘टिलो’ सार्वजनिक कार्यक्रममा विराटनगरका मेयर भीम पराजुली, एसपी सन्तोष खड्का, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, सुमित खड्का, सुमन गिरीलगायतको उपस्थिती रहेको थियो।

प्रस्तुत कथासङ्ग्रहमा २१ वटा कथा समावेश गरिएको छ। सबैजसो कथाहरु समसामयिक विषयमा आधारित भएर लेखिएको कथाकार खरेलले जनाए।

यसअघि उनका उपन्यास, कथा, कविता, बायोग्राफी लगायत १६ कृति सार्वजनिक भइसकेका छन्। यस पुस्तकको आवरण कलाकार विक्रम श्रीले तयार गरेका हुन् । भाषा सम्पादन चूणामणि नेपालले गरेका छन्।

 

कथासङ्ग्रहमा समाजकै कथा व्यथालाई सहज रुपमा चित्रण गर्न खोजिएको छ । कृतिको बिक्रीबाट संकलन भएको रकम सामाजिक कार्यमा लगाइने कार्यक्रममा जानकारी दिइयो।

प्रकाशित मिति: २०२१-०४-२७ , समय : १६:२७:०३ , ३ वर्ष अगाडि