सरकारी गाडीमा युवती सहित डुकु होटल पुगेका गाँउपालिका अध्यक्ष रंगेहात पक्राउ

Enepal Patra Pvt. Ltd. , ५९०  पटक हेरिएको

सुनसरी १३ बैैैशाख ।   किशोरीसँग होटलमा रङ्गेहात पक्राउ गरिएका सुनसरी भोक्राहा–नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले सरकारी गाडीको दुरुपयोग गरेको खुलेको छ।
यौनजन्य गतिविधि क्रियाकलाप गरिरहेको अवस्था यादवलाई प्रहरीले पक्राउ गरेको थियो। धरान–१३ भेडेटार जाने सडक किनारमा रहेको डुकु होटेलबाट यादवलाई यौनजन्य काम गरिसकेपछि निर्वस्त्र रहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ९डिएसपी० ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।
तत्कालीन संघीय समाजवादी नेपालबाट निर्वाचित यादवसँगै होटलमा भेटिएकी किशोरीलाई सरकारी गाडीले होटलमा छाडेपछि फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ। किशोरीले यौनजन्य क्रियाकलाप नगरौं भन्दा जबरजस्ती गरेको बयान दिएकी छन्। यादवविरुद्ध जबरजस्ती करणी मुद्दाको दर्ता भएको डिएसपी बस्नेतले बताए।
बुधबार रामनवमी भएकाले सरकारी विदा थियो। विदाको मौकामा अध्यक्ष यादवले जागिर लगाइदिने प्रलोभनमा इटहरीकी किशोरीलाई फोन गरे। फोनमै उनीहरुबीच धरान जाने सहमति भयो।
भोक्राहा नरसिंहदेखि इटहरी आउन गाडीमा करिब ४५ मिनेट लाग्छ। अध्यक्ष यादवले जागिर लगाइदिने प्रलोभनमा ती युवतीलाई फोन गरेर गाउँपालिका कार्यालयबाट निस्किएका बताइएको छ।
अध्यक्ष यादव बुधबार दिउँसो सरकारी गाडीमा होटेल आएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए। प्रहरी पुग्दा समेत अध्यक्ष यादव निर्वस्त्र अवस्थामा थिए। होटेलमा अध्यक्ष यादवले किशोरीको नाम सविना र उनको नाम सलिन शाह टिपाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
जागिर लगाइदिने भनेर धरान घुम्न जाऔं भनी फोन गर्नुभयो, अनि होटलमा लगेर नगरौं भन्दा भन्दै जबरजस्ती गर्नुभयो, किशोरीले प्रहरीलाई दिएको बयानमा भनेकी छन्। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २०२१-०४-२६ , समय : ०६:५२:०३ , ३ वर्ष अगाडि