राष्ट्रपति रनिङशिल सम्पन्न

Enepal Patra Pvt. Ltd. , ६३२  पटक हेरिएको

मोरङ, २९ चैत । तेस्रो संस्करणको राष्ट्रपति रनिङशिल प्रतियोगिता आज सम्पन्न गरिएको छ । बिध्यार्थीहरुमा पढाइ स‌गै खेलकुद मार्फत शारिरिक तन्दुरुस्ती र शैक्षिक बिकासमा अनुसासन बिकास र गतिशिलताकाे बिकास गरि राष्टका लागि स्वस्थ्य जनशक्ति र खेलाडीहरु उत्पादन गर्ने आधार गर्ने उदेश्यले अन्तरबिध्यालय स्तरिय खेलकुद प्रतियाेगिता गरिएकाे हाे । काेभिडका कारण मुख्य खेलका रुपमा दाैड र भलिवल मात्र गरिएकाे लेटाङ नगरपालिका शिक्षा साखाका प्रमुख कृष्णराज राईले जानकारी दिनुभयाे ।

प्रतियोगिताको उपाधि लक्ष्मी मावि लेटाङ  २ ले जितेको छ । जित संगै साे बिध्यालयले शिल्ड र नगद १० हजार रुपैया हात पारेको छ । दौड र भलिवल विधामा गरिएको प्रतियोगितामा १५ सय र ३ हजार मिटरको दौड गरिएको दौडमा लक्ष्मी माविले ३ स्वर्ण जितेको हो । ३ हजार मिटरकाे छात्रा तर्फ लक्ष्मी माबिकी भिमकुमारी लिम्बुले स्वर्ण जितिन  । त्यस्तै १५ सय मिटरकाे छात्रा तर्फ पनि लक्ष्मी माबिकी भिमकुमारीले स्वर्ण जितिन ।  छात्र तर्फकाे ३ हजार मिटरमा जाँते माबिका महेन्द्र बुढाथाेकीले स्वर्ण जिते । १५ सय मिटरकाे छात्र तर्फ लक्ष्मी माबिकै राेजन थापाले स्वर्ण जिते ।

रनिङशिलको द्धितिय स्थान शान्तिभगवी माविले प्राप्त गरेको छ ।  शान्ती भगवतीले महिला तथा पुरुष भलिवल प्रतियोगितामा स्वर्ण पदक पाएको हाे । विधागत रुपमा धेरै स्वर्ण जित्ने विद्यालयले प्रथम स्थान हासिल गरि उपाधी जितेको हो भने २ स्वर्ण सहित शान्तिभगवतीले ट्रफि र नगर ५ हजार रुपैया प्राप्त गरेकाे छ  ।

प्रतियोगितामा लक्ष्मी मावि , शान्तिभगवती ,शिक्षा विकास, माहाभारत ,जाँते मावि, लक्ष्मी मावि पित्लुम्बा , महेन्द्र मावि , र ग्रीन भ्याल्ली एकाडेमीले सहभागिता जनाएका थिए ।

कार्यक्रमको समापन गर्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले खेलकुद अनुशासनको प्रतिक भएको र यसले मानसिक तथा शारिरक विकासका लागि महत्वपुर्ण योगदान दिने भएकाले सवैले खेल लाई अनुसरण गर्न आवश्यक रहेको बताउनुभयो । राष्ट्रपति रनिङशिल प्रतियोगिता विद्यालयमा अध्यय्न गर्ने विद्यार्थीका लागि महत्वपुर्ण प्लेटफम भएकाले यसलाई भरपुर सदुपयोग गर्न आवश्यक रहेको वताउनुभयो ।
कार्यक्रमलाई लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल, शिक्षा शाखाको प्रमुख कृष्णराज राई , लेटाङका सवै वडाका वडा अध्यक्षहरु, नेपाली कांग्रेस नगरसदस्य युवराज तिम्सिना, माओवादी केन्द्रका नगरअध्यक्ष कृष्ण लम्साल लगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा भर्खरै सम्पन्न माेरङ जिल्ला अन्तरपालिका स्तरिय पूरुष भलिवलमा प्रथम स्थान हासिल गरेकाे टिमलाई नगरपालिकाले ५० हजार नगद सहित सम्मान गरेकाे छ ।

त्यस्तै जिल्लाका बिभिन्न प्रतियाेगितामा सहभागि भएका कराँतेका ९ जना खेलाडीहरुलाई समेत सम्मान पत्रले सम्मान गरिएकाे छ । खेलाडीहरुलाई लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सम्मान गर्नुभएकाे हाे ।

प्रकाशित मिति: २०२१-०४-११ , समय : १५:२०:२६ , ३ वर्ष अगाडि