दलित युवायुवतीलाई कम्प्युटर तालिम

Enepal Patra Pvt. Ltd. , ३६५  पटक हेरिएको

लेटाङ, २७ चैत । दलित युवायुवतीलाई कम्प्युटर सम्बन्धी ज्ञान दिएर सिप युक्त जनशक्ति उत्पादन गर्ने उदेश्य सहित लेटाङ नगरपालिकामा ३ महिने बेसिक कम्युटर तालिम सुरु गरिएको छ ।
लेटाङ नगरपालिकाको सहयोगमा सिर्जनशिल दलित समाजको आयोजनामा ३ महिने कम्प्युटर तालिम सुरु गरिएको सो संस्थाका अध्यक्ष कृष्ण बराईलीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा दलित समुदायका ३० जना युवायुवती सहभागि हुने बरार्ईलीले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले रोजगार तथा ब्यापारमा सफलता हासिल गर्न समेत कम्प्युटर आजको आवश्यकता रहेको हुनाले यसलाई सिक्न जरुरी रहेको बताउनुभयो ।
उहाँले दलित समुदायले आफु कमजोर सम्झिन नहुने र खुल्ला प्रतिस्पर्धा मात्र गर्ने अवस्था सृजना गर्न आवश्यक रहेको वताउनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल, वडा नं ३ का वडा अध्यक्ष देवराज चाम्लिङ, वडा नं ७ का वडा अध्यक्ष नगेन्द्र लिम्बु लगायतले शुभकामना मन्तव्य दिनुभयो ।

 

प्रकाशित मिति: २०२१-०४-०९ , समय : १८:५१:१३ , ३ वर्ष अगाडि