विद्यालय बन्द गर्न सिसिएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

Enepal Patra Pvt. Ltd. , ११०२  पटक हेरिएको

शुक्रबार, चैत २७ । विद्यालय बन्द गर्न सिसिएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस गरेकाे छ ।
स्वास्थ्य मन्त्रालयले नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)लाई सिफारिस गरेको हाे ।

‘पछिल्लो समय १८ वर्ष (विद्यालय उमेर समूह)का बालबालिकामा संक्रमण बढ्दै गएकाले शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गर्न सिफारिस गरेको छ। ८ चैत यता दुई सयभन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् ।

प्रकाशित मिति: २०२१-०४-०९ , समय : १७:३७:४७ , ३ वर्ष अगाडि