पत्रकार महासंघ मोरङ शाखामा नयाँ नेतृत्व , इनेपालपत्रका सम्पादक निरौला सहसचिबमा निर्वाचित

Enepal Patra Pvt. Ltd. , ८७५  पटक हेरिएको

विराटनगर , २७ चैत । नेपाल पत्रकार महासंघ मोरङ शाखामा नयाँ नेतृत्व आएको छ । अध्यक्षमा प्रेस युनियन गठबन्धनका शंकर खरेल र प्रेस चौतारीका सञ्जीव खनाल बिच प्रतिस्पर्धा भएको थियो । चौतारी तर्फका उम्मेद्बार खनाल अध्यक्षमा निर्वाचित भएका छन् ।
बुधबार भएको मत गणनाको अन्तिम नतिजामा प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त प्यानलका शंकर खरेललाई ६ मतान्तरले पराजित गर्दै प्रेस चौतारी प्यानलका खनाल बिजय भएका हुन । प्रेस चौतारी गठबन्धनको ७० मत हो भने प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त प्यानलको १ सय १२ मत रहको छ । खनालले ९८ मत ल्याउँदा खरेलले ९२ मत ल्याए । यस्तै उपाध्यक्षमा भने संयुक्त प्यानलका मोहन भट्टराई ९७ मतसहित विजयी भए । उनी आफ्ना प्रतिस्पर्धी चौतारीका सन्तोष सिग्देलभन्दा ४ मतले विजयी भए ।

यसैगरी महिला उपाध्यक्षमा युनियन–सङ्गठन प्यानलकी तारा आचार्य एक सय सात मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी प्रेस चौतारीकी चिना थापाले ७५ मत पाइन् ।

सचिवमा चौतारीका नेत्रप्रसाद अधिकारी विजयी भए । नेत्रले ९६ मत पाउँदा उनका प्रतिस्पर्धी युनियन–सङ्गठनका हरि अधिकारीले ९४ प्राप्त गरेका थिए ।

त्यस्तै सहसचिवमा युनियन–सङ्गठन प्यानलका तर्फ बाट इनेपालपत्र दैनिकका सम्पादक पर्शुराम निरौला ९प्रशान्त० विजयी भए । समाबेसि सहसचिवमा अनिल श्रेष्ठ, यसैगरी कोषाध्यक्षमा अभयकुमार राई बिजय भए ।

प्रकाशित मिति: २०२१-०४-०९ , समय : ०८:४२:३३ , ३ वर्ष अगाडि