बोयर बोका वितरण

Enepal Patra Pvt. Ltd. , ७२९  पटक हेरिएको

लेटाङ, २० चैत । लेटाङ नगरपालिकाले बाख्रापालन ब्यवसायलाई प्रवर्धन गर्ने उदेश्यले बोयर बोका वितरण गरेको छ । लेटाङ नगरपालिका पशुसेवा शाखाको यहि बर्षका दोस्रो चरणको कार्यक्रम अन्तरगत लेटाङ नगरपालिका भरीका ३० माउ भन्दा बढि बाख्रा पालन गरिरहेको बाख्रा पालक किसानहरुलाई बोका वितरण गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
अगुवा बाख्रा पालक किसानहरुलाई बोयर जातको विउ बोका वितरण गरिएको हो । लेटाङका ५ जना किसानहरुलाई उन्नत जातको बाख्रा उत्पादनमा जोड दिदै ५ वटा वोका वितरण गरिएको पशुसेवा शाखाका प्रमुख गणेश प्रसाद ओझाले जानकारी दिनुभयो ।
लामो समय देखि स्थायिन जातका बाख्राहरु पालिरहेका लेटाङ ८ जाँतेका हेल्सन राईले अव वोयर प्रजातीका बाख्रा पालन गर्ने वताउनुभयो । लोकल बाख्रामा बोयर वोका लगाउदा राम्रो उत्पादन दिने र यसवाट आफ्नो वाख्रापालन व्यवसाय अझै फाईदामा जाने आफ्नो विश्वास रहेको उहाले वताउनुभयो ।
लेटाङको पहाडी क्षेत्रमा बाख्रापालन ब्यवसाय धेरै नै रहेको भएपनि उन्नत जात र आवश्यक ज्ञानको अभावमा उल्लेख्य आम्दानी भईरहेको छैन ।

प्रकाशित मिति: २०२१-०४-०२ , समय : १६:१६:३८ , ५ वर्ष अगाडि