दुर्लभ एक सिङे गैडाको गणना सुरु

Enepal Patra Pvt. Ltd. , ८९१  पटक हेरिएको

काठमाडौं,९ चैत्र । विश्वकै दुर्लभ मानिने एक सिङे गैँडाको गणना आजदेखि सुरु हुने भएको छ । गणनाको सबै तयारी पूरा भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

पूर्व निर्धारित समय भन्दा दुई वर्ष ढिलोगरी सुरु भएको गणना चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ सुुरु गरिँदै छ ।

वनमन्त्री प्रेम आले मगरले पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वनदेवीको पूजा गरी गैँडा गणनाको सुरुवात गर्ने कार्यक्रम रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुन लागेको हो । चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ ।

यी दुई निकुञ्जमा आजदेखि तथा बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ गतेदेखि र शुक्लाफाँटामा चैत १९ गतेदेखि गणना सुरु हुँदैछ ।

करिब २० दिनमा गणना पूरा गर्ने सरकारी लक्ष्य रहेको छ । पाँच–पाँच वर्षमा गैँडा गणना गर्ने भनिए पनि अघिल्लो वर्ष कोरोना र त्यसअघि बजेट अभावका कारण गैँडा गणनाको काम रोकिएको थियो ।

सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा थिए । चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा छन् ।

यस आर्थिक वर्षमा मात्रै चितवन निकुञ्जमा ४ वटा चोरी सिकारबाट र २२ वटा प्राकृतिक कारणबा गैँडा मरिसकेका छन् ।

गत वर्ष २६ गैँडा मरेका थिए । यस वर्ष चार गैँडा चोरी सिकारीले मारेका छन् ।

प्रकाशित मिति: २०२१-०३-२२ , समय : १०:३४:४२ , ३ वर्ष अगाडि