वडा कमिटी गठन गर्दै योग शिविर सम्पन्न

Enepal Patra Pvt. Ltd. , ८४०  पटक हेरिएको

डम्बर सिन्चिउरी

जाँते , ३ चैत्र।उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँते स्थित श्री माध्यमिक विद्यालयको प्राङ्गणमा फाल्गुण २८ गते देखि चैत्र ३ गते सम्म सन्चालित ५ दिने निशुल्क योग शिविर स्थानिय
लेटाङ्ग ८ र ९ मा वडा स्तरीय योग कमिटि गठन गर्दै सम्पन्न भएको छ ।

यस अघि नगर स्तरीय कमिटि मात्र रहेको पतन्जली योग नगर समिति लेटाङ्गले पहिलो पटक वडा कमिटी गठन गरेको हो । यसरी गठित कमिटि मध्ये लेटाङ्ग ८ मा भोलानाथ पाण्डे संयोजक रहेका छन् भने चुडामणि खतिडा , दोम नाथ तिंसिना , थानेश्वर गौतम र गंगा प्रसाद पाण्डे सदस्य रहेका छन् ।

यसै गरी वडानम्बर ९ मा सीताराम भण्डारी संयोजक रहेका छन् । सदस्यहरुमा हरि प्रसाद सुवेदी, ममता भण्डारी , निता देवी दाहाल , ओम प्रकाश गदाईली , राजकुमार पाङ्गमी मगर र मथुरा अधिकारी तिंसिना रहेको पतन्जली योग नगरसमिति लेटाङ्ग अध्यक्ष डिल्लि पोखेरेलले बताएका छन् ।

लेटाङ्ग नगर उपप्रमुख कृष्णकुमारी निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न शिविरमा प्रत्यक्ष सहयोग पुर्याउने विभिन्न संघ संस्थालाई कदर पत्र समेत प्रदान गरिएको योग नगर समिति लेटाङ्गकी महामन्त्री विद्या लामिछानेले वताएकी छन् ।

यसरी सम्मान पाउने संस्था हरुमा लेटाङ्ग नगर पालीकाको कार्यलय , स्थानिय वडानम्बर ८र९ को कार्यलय र श्री मा। वि। रहेका छन् ।

पतन्जली योग नगर समिति लेटाङ्गको आयोजनामा सम्पन्न उक्त शिविरलाई जिल्ला योग समिती मोरङ्गले प्राविधिक सहयोग गरेको थियो । साथै उक्त शिविरलाई लेटाङ्ग नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको थियो ।

औपचारी रुपमा योग शिविर आज बाट सम्पन्न भए पनि भोलि बाट यसै प्राङ्गणमा योग प्रशिक्षणको कार्यले निरन्तरता पाउने नवगठित वडा समितिले जनाएको छ।

प्रकाशित मिति: २०२१-०३-१६ , समय : ०८:३७:३० , ३ वर्ष अगाडि