काग्रेस केन्द्रिय समितिको बैठक बस्दैँ, नेविसंघमा राजिव ढुङ्गानाको चर्चा

Enepal Patra Pvt. Ltd. , २०३१  पटक हेरिएको

इटहरी ११ भदौ  २०७६ । नेपाल विद्यार्थी सङ्घको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति भङ्ग भएको लामो समय पछि पुःन तदर्थ समिति बन्ने तयारी सुरु भएको छ । आज दिउँसो २ बजे देखि सुरु हुने नेपाली काग्रेस केन्दिय समितिको बैठकले नेविसंघको लामो विवाद समेत टुङगो लाग्ने छ ।

नेवि सङ्घ तदर्थ समितिको सभापति को बन्ला भन्ने विषय नेवि सङ्घ भित्र र बाहिर पनि त्यत्तिकै चर्चाको विषय बनेको छ । नेवि सङ्घ पूर्व उपसभापति राजीव ढुङ्गानालाई अध्यक्ष हुने सम्भावना बढेको छ । अहिलेसम्म कुनै पनि विवादमा नपरेका, शालीन र बौद्धिक नेताका रूपमा परिचित छन् ढुङगाना । उनी सभापति देउवा निकट छन् ।

सभापतिकै पक्षबाट ऋषिकेश जंग शाही पनि आकांक्षी देखिएका छन् । शाही देउवा परिवारका भित्रिया मानिन्छन् । देउवा पत्नी आरजु राणासँग उनको निकट सम्बन्ध रहेको कारण उनका दाबेदारी बलियो मानिन्छ । त्यस्तै निवर्तमान महामन्त्री सरोज थापा आफैँ आकांक्षी दखिएका छन् । सुनसरीबाट प्रतिनिधित्व गर्ने उनी ढुङ्गानाको विकल्पको रूपमा प्रस्तुत भएका छन् ।

सुनसरीबाट प्रतिनिधि सभामा निर्वाचित सीताराम मेहेता, ज्ञानेन्द्रबहादुर कार्की र विजयकुमार गच्छदार आफँै संस्थापन पक्षीय नेताहरू हुन् । तिनै नेतासँग ढुङ्गानाको निकटको सम्बन्ध रहेको छ । इटहरी स्थायी घर भएका ढुङ्गाना अध्यक्ष हुने प्रवल सम्भावना भएको नेताहरु बताउँछन ।

महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार बुधबार भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो । कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समय अवधि सकिएको छ । समय सकिएपछि ती सबै निष्कृय छन् । सुसुप्त भएका नेविसंघलगायतका भ्रातृसंस्थालाई पुनर्जीवन दिने तयारी कांग्रेसको छ ।

प्रकाशित मिति: २०१९-०८-२८ , समय : १५:१३:०० , ५ वर्ष अगाडि