प्रबिण बास्तोला मृत्यु प्रकरणः ‘भाइलेन्ट एपेक्सिया’का कारण मृत्यु,

२ जना पक्राउ ६ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

Enepal Patra Pvt. Ltd. , १२५८  पटक हेरिएको

उर्लावारी, १३ फागुन ।  गत पुस ५ गते उर्लाबारी-५ का ३१ वर्षीय प्रविण बास्तोलाको मृत्यु ‘भाइलेन्ट एपेक्सिया’का भएको भिषेरा रिर्पोट प्रतिवेदनले देखाएको छ । समान्यतया ‘भाईलेन्स एक्पेक्सिया’ भन्नाले डुण्डिएर, गला दवाएर, डुबेर, निसासिएर, स्वास अवरोध भएर मृत्यु हुनुलाई ‘भाइलेन्स एक्पेक्सिया’ भनिन्छ ।

सोही प्रकृतिको भिषेरा रिर्पोट प्रतिवेदन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्ला प्रहरी कार्यालय मोरङलाई फागुन ९ गते पठाएको थियो । त्यो व्यहोराको पत्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जिल्ला प्रहरी कार्यालय मोरङमा पठाएपछि फागुन ९ गते नै फायल सरकारी वलिकको कार्यालयमा रायका लागि प्रहरीले पठाएपछि बास्तोला मृत्यु प्रकरणमा पुनः अनुसन्धान थालिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङले नया सिरा बाट थालेको अनुसन्धान सगै शंकास्पद मृत्यु प्रकरणमा जोडिएका ६ जना प्रतिवादी विरुद्ध जिल्ला अदालत मोरङमा बुधवार मुद्दा दर्ता गरिएको छ ।

जसमध्ये दुईजना पक्राउ परेकासँग बुधबार बयान समेत लिइएको छ । बाँकी चारजना भने फरार प्रतिवादीको सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले बताए । पक्राउ पर्नेहरुमा होटल सचालक कुमार राई र मेहरमान दर्जी रहेका छन् भने फरार प्रतिवादीको सुचिमा राजेश रणपहेली, दिपेश पौडेल, सुदिप परियार र घरधनी रमेश गिरी रहेको एसपी खड्काले बताए । एसपी खड्काले अन्य ४ जनालाई जिल्ला प्रहरी कार्यलय उपस्थीत हुन अनुरोध गरिएको समेत जानकारी दिए यदि प्रहरीको अनुरोधलाई अवज्ञा गरे पक्राउ गरिने समेत एसपी खड्काले बताए । प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत्युका सम्बन्धमा दिइएको प्रतिवेदनका आधारमा अनुसन्धानको फायल सरकारी वलिकको कार्यालयमा बुझाएको थियो ।

प्रहरीले बुझाएको फायलका आधारमा सरकारी वलिकको कार्यालयले कर्तव्य ज्यान कसुरमा प्रतिवादी कुमार राई र मेहरमान दर्जीसहित ६ जना विरुद्ध बुधवार मुद्दा दर्ता गरेको हो । बुधबार जिल्ला अदालतमा पक्राउ परेका दुईजनाको बयान सकिएको छ । जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालका अनुसार बयान सकिएसँगै बिहीबार थुनछेक बहसपछि आदेश हुनेछ । हालसम्म प्रहरीले घटनाको कनेक्सन खोज्न मेहरमान दर्जी, राजेश रणपहेली, दिपेश पौडेल र सुदिप परियारलाई पक्राउ गरि अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरेर माघ २ गते छोडेको थियो । पुस २२ गते मेहरमान दर्जी, राजेश रणपहेली, दिपेश पौडेल, सुदिप परियार, घरधनी रमेश गिरी र होटल सञ्चालक कुमार राई विरुद्ध रक्सीमा विषालु पदार्थ मिसाई सेवन गराएर कर्तव्य गरि ज्यान मारेको जाहेरी पीडितका आफन्तले दिएका थिए ।

तर फागुन ९ गते मृतको परिवार र केही स्थानियको अगुवाईमा अनुसन्धान प्रक्रियाको बारेमा जानकारी लिन जादा प्रहरीले मृतक बास्कोटाको मिसील फाइलमा राखेको ३ वटा फोटो मध्ये एउटा फोटो असम्वधीत व्याक्तिको रहेको पाएपछि प्रहरीले गैरजिम्मेवार पुणर् तवरले अनुसन्धान गरेको भन्दै उर्लावारी प्रहरी कार्यालय घेराउ गर्दै विरोध गर्दै आएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मान बहादुर राईको संयोजकत्वमा नया छानविन समिति निर्माण गरि थप अनुसन्धान प्रक्रिया निणर्य गर्यो । तर पनि न्यायको माग गर्दै उठेको उनिहरुको त्यो आवज त्यतिमै रोकीएन र प्रदेश राजधानी विराटनगर तिर अगाडी बड्दै सरकारी वकिल कार्यालय र मोरङ जिल्ला प्रशासन कार्यालय सम्म पुगेपछि अहिले पुनःअनुसन्धान प्रक्रिया थालिए सगै मथ्थर भएको छ ।

यता जिल्ला प्रहरी कार्यालय मोरङले भने मृत अवस्थामा फेला परेका बास्तोलाको मृत्यु भएको विषयमा प्रहरीले मिहीन ढंगले अनुसन्धान भईरहेको दाबी गरेको छ । एसपी खड्काले भने, तस्बिर फरक परेपनि मृतकको परिचय नफेरिएको बताएका छन् । हामीले कर्तव्य ज्यान सम्बन्धी अपराधमै मुद्दा चलाउछौं । मुद्दा किनारा लागेको होईन । एसपी खड्काले प्रहरीबाट कमजोरी भए नभएको अनुसन्धान गर्न डिएसपी मान बहादुर राई नेतृत्वको छानबिन समितिलाई अनुसन्धान प्रतिवेदन ७ दिन भित्र बुझाउन म्याद दिएको र फोटो कस्को थियो भन्ने बारे छानविन समितिको प्रतिवेदन आएपछि पत्रकार सम्मेलन गरि सार्वजानिक गरिने बताए ।

सोही विषयलाई लिएर उर्लाबारी प्रहरी कार्यालयका प्रहरी निरीक्षक उद्धव पोख्रेललाई समेत अनुसन्धानमा तानिएको एसपी खड्काले बताए । फुटेज एफटिभि प्रदेश १ मोरङमा प्रविण बास्तोला मृत्यु प्रकरणमा ६ माथी मुद्दा दर्ता हो ।

प्रकाशित मिति: २०२१-०२-२५ , समय : ११:१२:०७ , ३ वर्ष अगाडि