तालिम भत्ताको सट्टा ड्रागन फ्रुट र कागतीका बिरुवा

Enepal Patra Pvt. Ltd. , ५७७  पटक हेरिएको

कानेपोखरी,११फागुन । मोरङको कानेपोखरी –७ का किसानलाई सोही वडा कार्यालयको सहयोगमा सोमबार अर्गानिक खेती सम्बन्धी तालिम दिइएको छ ।
भूल्के मिडिया प्रालिले आयोजना गरेको तालिममा वडाका ३८ जना किसानको सहभागिता रहेको थियो । स्थानीय जनमुखी साकोसको सभा हलमा भएको तालिमलाई उचित मल उत्पादक कम्पनीका प्राविधिक कृष्णचन्द्र महर्जनले सहजीकरण गर्नु भएको थियो । तालिमको एक समारोहका बीच कानेपोखरी–७ का वडाध्यक्ष मोहनप्रसाद भट्टराईले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै अधिकारीले किसान लक्षित कार्यक्रमहरू प्रभावकारी ढंगले सबैको पहँुचमा पु¥याइने उल्लेख गर्नुभयो । कोभिडका कारण बजेट कटौति भएकोले यो आर्थिक वर्षमा जनअपेक्षा अनुसार काम गर्न नसकिएके उहाँको भनाई थियो ।
भूल्के मिडिया प्रालिका अध्यक्ष मोहनप्रसाद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा सहभागिका तर्फबाट सीता दाहाल र कृष्ण थामीले बोल्नु भएको थियो । तालिममा सहभागि सबैलाई यातायात खर्चको सट्टामा कागतीक बिरुवा ड्रागन फ्रुटको बिरुवा एक÷एक थान वितरण गरिएको थियो ।

प्रकाशित मिति: २०२१-०२-२३ , समय : ०८:००:०३ , ३ वर्ष अगाडि