प्रधानमन्त्री ओलीद्वारा सर्वाेच्च अदालतमा आर्फैं उपस्थित भएर जवाफ पेश (दस्तावेज सहित

Enepal Patra Pvt. Ltd. , २३६  पटक हेरिएको

 

ncellकाठमाडौं,६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि दिनुभएको अभिव्यक्तिका कारण सर्वोच्च अदालतको अपहेलना भएको भन्ने मुद्दामा आफैँ उपस्थित भएर लिखित जवाफ दिनुभएको छ ।
उहाँले लिखित जवाफसहित आफैं उपस्थित भएर अदालतप्रतिको उच्च सम्मान व्यक्त गर्नुभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले अदालतमा उपस्थित पत्रकारहरुलाई जानकारी गराउनुभयो ।
प्रधानमन्त्री अदालतपुग्दा सुरक्षा कडा पारिएको थियो । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा प्रधानमन्त्रीले विभिन्न कार्यक्रममा दिनुभएकाे अभिव्यक्तिबाट अदालतकाे अपहेलना भएकाे भन्ने मुद्दामा यस अघिकाे सुनुवाइमा आफैं उपस्थित भएर जवाफ पेश गर्न आदेश भएकाे थियाे ।pm_repply

प्रकाशित मिति: २०२१-०२-१८ , समय : १९:०३:०९ , ३ वर्ष अगाडि