तथ्याङ संकलन गर्ने कार्य सुरु

Enepal Patra Pvt. Ltd. , ४२०  पटक हेरिएको

लेटाङ, ४ फागुन । लेटाङ नगरपालिकामा भुमिहिन तथा अव्यवस्थित वसोवास गरिरहेकाहरुको तथ्याङक संकलनको कार्य सुरु भएको छ ।
आज देखि फागुन १४ गते सम्म नगरका ९ वटै वडामा तथ्याङ संकलनको कार्य भईरहेको हो । वडा कार्यलयले वडा भरीको भुमिहिन तथा अव्यवस्थित वसोवास गरिरहेकाहरुको तथ्याङ संकलन गरिरहेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

आज तथ्याङ संकलन गरिरहेका स्थानमा मेयर राई तथा प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल सहितको टोलीले अनुगमन गरि आवश्यक निर्देशन समेत गर्नुभएको छ । अनुगमनका क्रममा नगरप्रमुख राईले आफ्नो फारम भरि प्रक्रियामा अगाडी वढ्न नगरवासीमा आह्वान गर्नुभयो ।

भूमि संम्बन्धि समस्या समाधान आयोग द्रारा प्रकाशित सुचना बमोजिम लेटाङ नगरपालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनको लागि नगरपालिकाका सबै वडामा लगत संकलन गर्ने प्रयोजनको लागि लागत संकलन गर्ने कर्मचारीहरु खट्एिका मेयर राईले जानकारी दिनुभयो ।

यहि फागुन १४ गते भित्र आफ्नो वडा कार्यलयले तोकेको स्थानमा उपस्थित भई आफ्ना कागजात र प्रमाण सहित आयोगले तोकेको ढाँचा बमोजिम निवेदन पेश गर्नु गर्न मेयर राईले अनुरोध समेत गर्नुभएको छ ।

 

प्रकाशित मिति: २०२१-०२-१६ , समय : १८:१२:४३ , ३ वर्ष अगाडि