कर लगाए सामूदायिक वन थारोगाई जस्तै हुने

Enepal Patra Pvt. Ltd. , ११४०  पटक हेरिएको

हरि कोइराला
कानेपोखरी २८ साउन । मोरङको कानेपोखरी ७ स्थित ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समूहले मङ्गलबार ४ हेक्टर जग्गामा ६ हजार ४ सय सालका बिरुवा रोपेको छ ।
बनले संरक्षण गरेको खाली जग्गामा रैथाने साल प्रजातिका बिरुवा रोसपएको हो । कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले र डिभिजन बन कार्यलय मोरङका प्रमुख वन अधिकृत बिशाल घिमिरेले संयुक्त रुपमा विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुभयो । सालका विरुवा सामूदायिक वनले आफ्नै नर्सरीमा हुर्काएको हो ।
वृक्षारोपण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले सामूदायिक वन र गाउँपालिका बीच समन्वयको खाँचो औल्याउनु भयो । उहाँले भन्नुभयो–‘सामूदायिक बनलाई स्थानीय सरकारले कर लगाए पनि वनबाट प्राप्त भएको रकममा केही प्रतिशत रकम थप गरी बनलाई नै फर्काएका छौं ।उहाँले गाउँपालिका सामूदायिक वनसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले सामूदायिक वनहरूले कार्ययोजना बनाउँदा स्थानीय सरकारसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
डिभिजन वन कार्यलय मोरङका प्रमुख विशाल घिमिरेले जिल्ला कै ठूलो सामूदायिक वन भएपनि सुशासनको समस्याले नियमित गतिविधिहरू रोकिएको बताउनु भयो । उहाँले बैज्ञानिक वनको कार्यक्रम पनि एक वर्ष देखि रोकिरहेको बताउँदै आर्थिक ब्यवस्थापन र लेखालाई चुस्त राख्न आग्रह गर्नुभयो ।
सामूदायिक वन महासंघ प्रदेश नं. १ का सचिव अग्नि पौडेलले सरकारले सामूदायिक वनलाई कर लगाएर साँघुरो दायरामा ल्याउन लागेको आरोप लगाउनु भयो । उहाँले सरकार सेवा शुल्क, भ्याट,आय करका नाममा सामूदायिक वनलाई ९० प्रतिशत सम्म कर लगाउने विधेयक ल्याउने तयारीमा रहेको बताउँदै त्यस्तो विधेयक आए सामूदायिक बनहरूले समूदायका लागि केही काम गर्न नसक्ने बताउनु भयो । पौडेलले ३९ प्रतिशत बनलाई बढाएर सामूदायिक वले ४४ दशमलव ७४ प्तिशत पु¥याएको उल्लेख गर्दै ऐन संसोधन नभए आन्दोलन गर्नुको विकल्प नभएको बताउनु भयो ।
सामूदायिक वन जिल्ला महासंघका अध्यक्ष रामकृष्ण राईले प्राकुतिक स्रोत साधनलाई जनताबाट टाढा राख्न नहुने बताउनु भयो । उहाँले सामूदायिक वनलाई जनताबाट टाढा बनाए बन थारो गाई जस्तै हुने चेतावनी दिनुभयो । उहाँको भनाई थियो –थारो गाईलाई कसैले घाँस हाल्दैन । सामूदायिक वनका अध्यक्ष नवीन राईको सभापतित्वमा भएको वृहत वृक्षारोपण कार्यक्रममा कानेपोखरी–७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारी समूहका उपाध्यक्ष कृष्ण थामी लगायतले बोल्नु भएको थियो । वृक्षारोपण कार्यक्रममा विद्यार्थी र स्थानीय उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०१९-०८-१३ , समय : १९:४५:२६ , ५ वर्ष अगाडि