निर्वाचन आयोगले नेकपाका दुवै खेमालाई छलफलका लागि बोलायो

Enepal Patra Pvt. Ltd. , ४९६  पटक हेरिएको

काठमाडौं, १६ माघ। निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीका दुबै खेमालाई छलफलका लागि बोलाएको छ ।
आयोगले आज शुक्रबार बिहान साढे ११ बजे केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचन तयारीसम्बन्धी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा छलफलका लागि बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
छलफलका लागि दुवै पक्षका अध्यक्षले तोकेका आधिकारिक पाँच पाँच जना व्यक्तिलाई बोलाइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले निर्वाचनलाई लक्षित गरेर छलफलका लागि बोलाइएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २०२१-०१-२८ , समय : २३:४८:१२ , ३ वर्ष अगाडि