कांग्रेस सङ मिलेर प्रदेश १ सरकार ढल्छ: भीम आचार्य

Enepal Patra Pvt. Ltd. , ६३८  पटक हेरिएको

विराटनगर १५ माघ।  नेकपाका प्रदेश १ का इन्चार्ज एवं प्रदेशसभा सदस्य भीम आचार्यले विपक्षी दलको सहयोगमा प्रदेशसभा सचिवालयमा पेस भएको अविश्वास प्रस्ताव पारित हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।
नेकपा प्रदेश कमिटीले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आचार्यले राजनीतिक एजेण्डा मिलेका र संसदमा भएका दलसँग मिलेर अविश्वास प्रस्ताव पारित गरिने बताए।
ुकतिपय दलको केन्द्रबाट निर्णय भएर आउन बाँकी छ,ु आचार्यले भने, ुराजनीतिक परिवेशमा असंवैधानिक कदमको विरोधमा रहेको कांग्रेस पनि अविश्वासको प्रस्तावको पक्षमा मत हाल्नेछ।ु
प्रदेश सरकारले जनभावनाअनुसार काम नगरेको आचार्यको आरोप छ। ुप्रदेश नामकरण गरिएन, राजधानी टुंगो लगाएर पनि संरचना निर्माणको प्रक्रिया थलिएन,ु आचार्यले भने, ुकेपी ओली र उनका निकटले नेतृत्व गरेको सरकार फेल भइसकेको छ।ु
प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोधमा देशव्यापी आन्दोलन भइरहेको अवस्थामा प्रदेश १ को राजधानी विराटनगरमा माघ १६ गते जनप्रदर्शन तयारी पूरा भएको नेता आचार्यले जानकारी दिए।प्रतिगमनविरुद्ध ६० हजार मानिस उतार्ने तयारी गरिएको नेकपा नेता घनेन्द्र बस्नेतको बताए।

प्रकाशित मिति: २०२१-०१-२८ , समय : ०९:५७:१५ , ३ वर्ष अगाडि