सरकारी सवारीको दुरुपयोग रोक्न इम्बोस्ड नम्बरप्लेट, तत्काल जोड्न निर्देशन

Enepal Patra Pvt. Ltd. , ११८७  पटक हेरिएको

देबबहादुर कुँबर
काठमाडौँ, १४ माघ । गृह मन्त्रालयले सरकारी नम्बर प्लेट भएका सवारी साधनहरूमा ‘हाई सेक्यूरिटी इम्बोस्ड भेइकल नम्बर प्लेट’ अविलम्ब जडान गर्न निर्देशन दिएको छ ।
गृह प्रशासन अन्तर्गत विभिन्न निकायले प्रयोग गर्ने सेतो ९सरकारी० नम्बर प्लेटको सवारीमा रातो ९निजी प्लेट० राखी दुरुपयोग हुन सक्ने भन्दै इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्न मन्त्रालयले पत्राचार नै गरेको छ ।
गृह मन्त्रालय आन्तरिक प्रशासन, सवारी तथा सभा समारोह व्यवस्थापन शाखाले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।
गृह प्रवक्ता चक्रबहादुर बुढाले कोभिड–१९ तथा अन्य कारणले प्रभावित इम्बोस्ड नम्बर प्लेट जडान कार्य यही फागुन मसान्तसम्म अनिवार्य रुपमा लागू गरिसक्न पत्रचार गरिएको बताउनुभयो । इम्बोस्ड नम्बर प्लेट सवारी साधनको सुरक्षा तथा प्रयोगका लागि प्रभावकारी मानिएको छ ।
यसअघि इम्बोस्ड नम्बर नेपाली अंकमा लेख्न अदालतमा परेको रिटमा अंग्रेजी अक्षरलाई सदर गरिदिएपछि मन्त्रालयले अनिवार्य गरेको हो । विभिन्न विभागको नाममा रहेका सवारी साधनमा इम्बोस्ड नम्वर प्लेट राख्न पुनः ताकेता गरिएको समारोह व्यवस्थापन शाखा अधिकृत रामचन्द्र आलेले स्पष्ट पार्नुभयो ।
गृह मन्त्रालयले निर्णय गरिएका वाहेक अन्य सरकारी सवारी साधनहरूमा आफूखुशी रातो ९निजी० नम्बर प्लेट नराख्न कडा निर्देशन दिएको छ । ब्यक्तिगत प्रयोजनका लागि सरकारी नम्बर प्लेट हटाई निजी नम्बर प्लेट राखी सवारी साधन प्रयोग गर्ने समस्या छ ।
सरकारी गाडीमा इम्बोस्ड प्लेट नम्बर जडान गरेसँगै सरकारी सवारी साधन दुरुपयोग गर्ने समस्या पूर्णरुपमा हट्ने विश्वास गरिएको छ । इम्बोस्ड नम्वर प्लेट जडानसँगै निजी तथा सरकारी सवारी साधनहरू हराउने र चोरी हुने समस्या हट्ने दावी गरिएको छ ।
त्यस्तैं, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि सरकारी नम्बर प्लेटका सवारी साधनहरूबाट इम्बोस्ड नम्बर प्लेट जडान कार्य शुरु गरिएको जनाएको छ । मन्त्रालय अन्तरगत यातायात व्यवस्था शाखाका सिनियर डिभिजनल इन्जिनियर्स ९सिडिई० शंकरसिंह धामीले सबै निकायलाई परिपत्र गरिएको जानकारी दिनुभयो ।

के हो इम्बोस्ड नम्बर प्लेट
नेपालको राष्ट्रिय झण्डा र सरकारको होलो ग्रामसँगै प्रदेश र सवारी दर्ता नम्वर उल्लेख गरिएको ईम्बोष्ट नम्बर प्लेट अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप उच्च सुरक्षा विशेषता भएको नम्वर प्लेट हो ।इम्बोस्ड नम्बर प्लेट छपाई अप्रेसन प्रमुख अरुण हमालका अनुसार, यो मेसिन रिडेवल हुन्छ ।
कुनै पनि सवारी साधनका बारेमा विस्तृत जान्नका लागि इम्बोष्ट नम्वर प्लेट वा ‘आरएफआईडी’ ९ इन्जिन नम्बर, च्यासिस नम्वर, सवारी धनी र सवारी साधनको वास्तविक नम्बर ० सुरक्षा उपकरण ‘ह्याण्डिल डिभाइस’ र मोबाइल चिप्सबाट सजिलैसँग परीक्षण गर्न सकिन्छ ।
यसरी, सुरक्षा उपकरणबाट सवारी साधनको विस्तृत विवरण सजिलैसँग छुट्याउन सकिन्छ । उहाँका अनुसार, इम्बोस्ड नम्बर प्लेट सवारी साधन हराउने वा चोरी हुनबाट जोगाउने महत्वपूर्ण हतियार पनि हो ।

इम्बोस्ड नम्वर प्रयोगसँगै सवारी चोरी घट्छ
काठमाडौँ उपत्यकाबाट वार्षिक रुपमा करीव दुईहजार सवारी साधन हराउने वा चोरी हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, हराएका तथा चोरी भएका मध्ये पाँच प्रतिशतमात्र फेला पर्ने गर्छन् ।
प्रहरीले फेला पारेका सवारी साधनहरू पनि वास्तविक नम्बर प्लेट परिवर्तन गरी प्रयोग गरिरहेको अवस्थामा भेटिन्छन् । तर, इम्बोस्ड नम्बर प्लेट जडानपछि वास्तविक नम्बर प्लेट परिवर्तन गर्न नसक्ने भएकाले सवारी चोरी र हराउने समस्या हट्ने दावी हमालको छ ।
अब नम्वर प्लेट छाप्नका लागि सरकारको स्वीकृत अनिवार्य गरिएको छ । त्यसमाथि मेसिनबाट छापिने भएकाले आफुखुशी नम्बर प्लेट टाँसेर चोरीका तथा हराएका सवारी चलाउन सकिदैन । नम्बर प्लेटमाथि शंका लागेमा ट्राफिक प्रहरीले सजिकै परिक्षण गर्न सक्ने व्यवस्था मिलाईको छ ।
त्यस्तैं, हस्तलिखित नम्बर प्लेट परिवर्तन गरी सरकारी सवारी साधन दुरुपयोग पनि नियन्त्रण हुने अपेक्षा गरिएको छ । सवारी साधन चोरी हुनबाट जोगाउन इम्बोस्ड नम्बर प्लेट प्रभावकारी भएको दावी यातायात व्यवस्था विभागको छ ।

प्रकाशित मिति: २०२१-०१-२७ , समय : १८:३७:२० , ३ वर्ष अगाडि