टेलिफोनको तार चोरी

Enepal Patra Pvt. Ltd. , १३३६  पटक हेरिएको

रङ्गेली ३० असार । मोरङको कानेपाखेरी ६ र ७ का उपभोक्तालाई लक्षित गरी वितरण गरेको लेण्ड लाइन फोनको तार(एरियल कप्पर केवल) चोरिएको दुई साता भइसक्दा पनि टेलिकमले नयाँ तार जोडेको छैन् । उपभोक्ताले भने महिना मरेपछि बीलमा उठेको रकम नतिरे लाइन काटिन्छ ।
स्थानीय सेवाग्राहीले पटक पटक रङ्गेली कार्यलयको ०२१५८०१२२ मा फोन गर्दा फोन नै रिसिफ नभएको गुनासो गरेका छन् । कानेपोखरी–रङ्गेली सडक खण्ड अन्तरगत कानेपोखरी–६ र ७ को सीमा क्षेत्रबाट असार १८ गते बुधबार राति टेलिकमको एरियल कप्पर केबल(ल्याण्ड लाइन तार)चोरि भएको होे । तार चोरी भएसँगै कानेपोखरी–७ का सेवाग्राही सञ्चार बिहीन भएकाछन् । जनमुखी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक आनन्दप्रसाद दाहालले भने –असारमा सेयर सदस्यलाई ऋणको किस्ता र ब्याज बुझाउन बोलाउने समय हो यही बेलामा टेलिफोन सेवा अबरुद्ध भएको छ । सबै नियमक निकायलाई खबर गरिसकें तर, सुनुवाई भएन । ’
भुईमा लत्रिएको झण्डै २ सय मिटर तार चोरी भएको स्थानीय हरि अधिकारीले बताए । स्थानीय रमाइलो प्रहरी चौकी, गाउँपालिका कार्यलय र सम्बन्धित कार्यलयमा जानकारी गराउँदा समेत कसैले चासो नदेखाएको सेवाग्राहीको आरोप छ । तार चोरिएको स्थानबाट उत्तर झण्डै ५० जना ग्राहक रहेका छन् । तार चोरी भएसँगै एडिएसएल नेटवर्क समेत अवरुद्ध भएको छ ।
रङ्गेली कार्यालयलाई हेर्ने विराटनगर कार्यालयका प्रमुख घनश्याम महासेठको फोन नं समेत (०२१५२७७५५) उठ्दैन् ।

प्रकाशित मिति: २०१९-०७-१५ , समय : ११:५२:०४ , ५ वर्ष अगाडि