नियोजित हल्ला प्रणालीमाथिकै षडयन्त्र : प्रधानमन्त्री

Enepal Patra Pvt. Ltd. , ६८८  पटक हेरिएको

काठमाडौँ,  ४  माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको सर्वोच्च संस्था र स्वतन्त्र न्यायालयको हुर्मत लिने गतिविधि सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले संवैधानिक प्रश्नको समाधान संवैधानिक इजलासबाटै लिइने संवैधानिक व्यवस्थाप्रति प्रश्न उठाउनु र प्रधानमन्त्रीले न्यायाधीश भेटेको भनेर नियोजित हल्ला चलाउनु लोकतान्त्रिक प्रणालीमाथिकै षडयन्त्र भएको चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “जुन नाम मिडियाले लिएका छन्, ती नाम गरेका न्यायाधीशलाई अहिले होइन, कहिले पनि मैले भेटेको छैन । सपना प्रधान मल्ललाई न्यायाधीश हुनुभन्दा अगाडि भेटेको हो । अरूलाई म चिन्दा पनि चिन्दिनँ ।”
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “न्याय प्रणालीमाथि जनताको विश्वास हटाउन घिनलाग्दा प्रयास भए । प्रधानमन्त्रीले केही न्यायाधीश भेटेको भनेर हल्ला गरियो । स्वतन्त्र न्यायालयको हुर्मत लिने काम भयो ।”
प्रधानमन्त्री ओलीले बलिदानीपूर्ण लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कसैको इसारा र स्वार्थमा प्रयोग हुन नदिइने दृढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली जनता सचेत र सजग छन् । देश प्रतिगमनतर्फ फर्कन सक्दैन, गर्न दिइने छैन । न्याय र विकासतर्फ देश अगाडि बढ्छ ।”
उहाँले कोभिड–१९ विरुद्धको भ्याक्सिन ल्याएर जनताको जीवन रक्षा गरिने र विकासको गतिलाई ज्यादै तीव्रता दिइने विश्वास व्यक्त गर्नुभयो । निर्वाचन आयोगमा पुगेर प्रचण्ड–नेपाल समूहले निर्वाचनका प्रक्रिया रोक्न दबाब दिने कार्य अलोकतान्त्रिक, गैरजिम्मेवार र अराजनीतिक कार्य गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचन आयोगको कामै निर्वाचन गराउनु हो । प्रतिनिधि सभा विघटन भइसकेपछि निर्वाचन नगर भनेर मुलुकलाई लैजान खोजेको कहाँ हो रु” नेपाली कम्युनिस्ट आन्दोलनलाई धोका दिने गलत तìवलाई निर्वाचनमार्फत सबक सिकाउन आग्रह गर्नुहुँदै उहाँले भन्नुभयो, “गलत तìवलाई सबक सिकाउने बेला यही हो । देश र वामपन्थी आन्दोलनप्रति बेइमानी गर्नेहरूलाई सबक सिकाउने बेला यही हो ।”
निर्वाचनमार्फत लोकतन्त्र र आन्दोलनको रक्षा गर्दै देशको विकासलाई सुनिश्चित गर्ने कार्यमा होमिन कार्यकर्तालाई आह्वान गर्दै उहाँले भन्नुभयो, “धनुबाट छुटेको वाणजस्तो गतिशील हुनुपर्छ । आफ्नो लक्ष्य भेदन गर्ने सामथ्र्य बोकेको गतिशील हुनुपर्छ ।” कार्यक्रममा नेकपा नेताहरू सुवासचन्द्र नेम्वाङ, प्रभु साह, छविलाल विश्वकर्मा लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२१-०१-१७ , समय : १३:३९:४३ , ३ वर्ष अगाडि