मेयर राई द्वारा माघे संक्रान्ति लगायतका चाडपर्वहरुको शुभकामना

Enepal Patra Pvt. Ltd. , ८१८  पटक हेरिएको

लेटाङ १ माघ । माघे संक्रान्ती,मकर संक्रान्ती,घ्यु चाकु खाने दिन, उत्तारायण आरम्भ , मकर स्नान आरम्भ, तोल ल्होसार,रास्ट्रीय योग दिवश तथा पुस शुक्ला प्रतिपदाको उपलक्ष्यमा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सबै नेपालीहरुलाई शुभकामना दिनुभएको छ ।

देशमा भइरहेको राजनीतिक हलचललाई यि चाडपर्वले सहि दिशा निर्देश गर्न सकुन भनी कामना गर्नुभयो । कोभिड १९ संक्रमणले विश्व आतंकित भएको बेला नेपालमा राजनीतिक बिचलन समेत बढिरहेको सन्दर्भ जोड्दै मेयर राईले यी सबै अप्ठ्याराहरुलाई सहज होस भनी कामना गर्नुभयो ।

आज बिहान मेयर राईले नगरबासिका नेपाली जनताका नामामा शुभकामना दिदै हरेक चाडपर्वहरुले महत्वपुर्ण सन्देश बोक्नुका साथै आफ्ना परम्परा तथा रितिरिवाज गाँऐएको हुनाले सबैको उतिकै महत्व हुने बताउने भयो ।
मेयर राईले धर्म संकृती हाम्रा गहना भएकाले संरक्षण गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: २०२१-०१-१४ , समय : ०७:२६:२० , ३ वर्ष अगाडि