गरिव संग मेयर कार्यक्रम : आज ६० परिवारलाई व्लाङकेट वितरण

Enepal Patra Pvt. Ltd. , ८८९  पटक हेरिएको

लेटाङ, २३ पुष । गरिब संग मेयर कार्यक्रमको पहिलो चरणको कार्यक्रमको रुपमा थालनी गएिको ब्लाङकेट वितरण कार्यको आज तेस्रो चरणमा लेटाङ नगरपालिका वडा नं ५ खेरुवा र वडा नं. ९ जातेमा ६० जनालाई वितरण गरिएको छ ।

लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको पछिल्लो जनमुखी परियोजनाको रुपमा रहेको गरिव संग मेयर कार्यक्रमको पहिलो कार्यक्रमको रुपमा लेटाङ नगरपालिकाका करिव ५ सय जनालाई व्यालेङकेट वितरण गरिने जानकारी दिनुभयो । गरिव संग मेयर कार्यक्रम अन्तर्गत लेटाङ नगरपालिकाका प्रमुख शंकर राई यस वर्स देखि विभिन्न कार्यक्रम ल्याउनुभएको छ ।

जाडोको समयमा न्यानो कपडा नपाएर सुतेकै ठाँउमा कतिपय मानिसले ज्यान गुमाईरहेकोले व्लाङकेट वितरणको कार्यक्रम ल्याईएको मेयर राईले जानकारी दिनुभयो ।

फुसको छाना हटाउने अभियानको सफलता पछि ड्रिम परियोजनाको रुपमा यो कार्यक्रम ल्याईएको छ ।

प्रकाशित मिति: २०२१-०१-०७ , समय : १६:४०:१९ , ३ वर्ष अगाडि