लेटाङमा सिसि क्यामेरा जडान तिब्रता , आज वडा नं ९ मा उद्घाटन

Enepal Patra Pvt. Ltd. , ६९९  पटक हेरिएको

लेटाङ, २३ पुस । लेटाङ नगरपालिकालाई अपराधमुक्त वनाउने उदेश्य राखेर सिसि क्यामेरा जडानको कार्यलाई तिब्रता दिईएको छ ।
आज लेटाङ नगरपालिका वडा नं ९ ले समेत सिसि क्यामेरा जडान गरेको छ । वडाका विभिन्न ठाँउमा हेर्न मिल्ने गरि अस्थायी प्रहरी चौकी जाँतेको निगरानीमा रहने गरी सिसि क्यामेरा जडान गरिएको हो ।
लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले आज एक कार्यक्रम गरि सिसि क्यामेराको उद््घाटन गर्नुभयो । उद्घाटनका अवशरमा मेयर राईले अपराध नियन्त्रणका लागि सिसि क्यामेरा अहिलेको आवश्यकता भएकाले नगर क्षेत्रभरी सिसि क्यामेरा जडानको योजना नगरपालिकाको रहेको वताउनुभयो ।
वडा अध्यक्ष कृष्ण लुईटेलका अनुसार वडामा हुने अपराधिक घट्नालाई पहिचान गरि अनुसन्धान गर्न सहज हुने भएकाले सिसि क्यामेरा जडान गरिएको वताउनुभयो । यसले अपराध न्युनिकरणका लागि समेत मदत हुने वताउनुभयो । उहाँका अनुसार हाल वडाका ४ वटा स्थानमा सिसि क्यामेरा जडान गरिएको र वाँकी ठाँउमा समेत चाँडै गरिने वताउनुभयो ।
लेटाङ बजार क्षेत्रमा १२ ,वडा नं २ मा १२ वटा, ८ नं वडामा १६ वटा , वडा नं ९ मा ११ वटा नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुमा २७ वटा क्यामेरा जडान गरिसकिएको लेटाङ नगरपालिकाका सुचना प्रविधि अधिकारी ओम पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२१-०१-०७ , समय : १६:३७:३८ , ३ वर्ष अगाडि