जेसीज भनेको एउटा समुन्द्र हो, यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले शंखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ

जेसीज लाग्नेहरु पुँजी पतिवर्गका मात्र हुन्छन भन्ने सोचाई गलत छ, जेसिज धनी बनाउने सँस्था चै पक्कै हो

Enepal Patra Pvt. Ltd. , ७०२  पटक हेरिएको

मोरङको उर्लाबारी जेसीजको २०२१ को अध्यक्षमा अशोक धिमाल सर्वसम्मत चयन हुनुभएको छ । युवा व्यवसायी धिमालले आफु अध्यक्ष पदामा चयन भएपछि जिम्मेवारी र दाहित्य अझ बढेको बताउनुहुन्छ । जेसीज अध्यक्ष भएपछि आगामी योजनाहरु के के छन्, उहाँसँग गरिएको कुराकानी जस्ताको तस्तै ।

उर्लाबारी जेसीज को बर्ष २०२१ को अध्यक्ष हुनु भएको छ, एक बर्षमा कस्ता कस्ता काम गर्ने योजना बनाउनु भएको छ ?
एक बर्षमा जेसीज उर्लावारीलाई उत्कृष्ठ बनाउने चुनौति थपिएको छ । अहिले सम्म उर्लाबारी जेसिजले गरेका उत्कृष्ठ कामहरुहरुको निरन्तरता दिने छु ।मेरो कार्यकालमा तालिमको बर्ष भनेर चिनाउन चाहान्छु ।

 

अध्यक्ष हुनुभयो ? कस्तो लागिरहेको छ ?
खुसी छु, २०१० देखी जेसीजको बिभिन्न पद हुँदै आज अध्यक्षको जिम्मेवारी सम्हाल्न पाएको छु । हाम्रो समुदायबाट सम्भवत म नै पहिलो धिमाल जेसिज अध्यक्ष हु । खुशीसँगै निक्कै जिम्मेवारीको चाङ थपिएको छ । आफ्नो क्षमता र बौद्धिकताले भ्याएसम्म उर्लाबारी जेसीसको उन्नतीका लागि काम गर्नेछु ।

नेतृत्व छनौट गर्न तिन दिन सम्म लाग्यो ? जेसीजमा नि राजनीति घुसेर हो कि ? के हो बास्तविकता ?
विगतका दिन भन्दा नेतृत्व छनौट गर्न समय लागेकै हो, यसमा कारण छन् । सबै साथीभाई योग्य हुनुहुन्थियो । हाम्रो चाहाना सर्वसम्मत नेतृत्व छनौट होस भन्ने थियो । उम्मेदवारबिच आपसी समझदारी सहकार्य गर्ने कुराले केहि समय लागेको हो ।
र राजनिती घुस्यो भन्ने कुरा सरासर गलत हो । हरेक मान्छेको पार्टीमा आस्था होला , तर यहाँ पार्टी भन्दा नि व्यक्ति हेरिन्छ । र संस्थामा जो कोहिले राजनिती घुसाउन खोज्छ भने त्यो सरासर गलत हो ।

जेसिजको नेत्तृत्वमा कस्ता अवसर र चुनौति रहेका छन ?

जेसीज आफैमा एउटा नेत्तृत्व विकास गर्न सिकाउने पाठशाला हो । यहाँबाट कसले कति फाइदा लिन सक्ने भन्ने आफैमा भर पर्छ । जेसीज भनेको एउटा समुन्द्र हो । यसमा डुबेर कसैले मोति लिएर फर्कन्छ कसैले शखेकिरा यो आफनो इच्छा शक्तिमा भर पर्छ । कुसल नेत्तृत्वले आफनो क्षमता देखाएर समाज नेत्तृत्व गर्न सक्ने अवसरलाई लिन सक्नु नै मुख्य चुनौति हुनेछ । देशविकासको लागी कस्तो प्रकारको शिक्षाआवश्यक छ हाम्रो जस्तो कृषि प्रधान देशका लागी प्रबिधियुक्त शिक्षा नै आवश्यक पर्दछ । सीपयुक्त र प्रविधि सहितको शिक्षाले वेरोजगारी अन्त्य गर्नुका साथै देशको आर्थिक सामाजिक विकासमा दिर्घकालीन टेवा पुग्दछ ।

जेसिजमा प्रवेश किन गर्नुभयो ?
जेसिज भनेको व्यक्तित्व, नेतृत्व र उद्यमशिलता विकास गर्ने एउटा उपयुक्त थलोको रूपमा जेसिजलाई मैले बुझेको थिए र प्रवेश गरे । मेरो उद्देश्य भनेको आफूमा व्यक्तित्व विकाससँगै सामाजिक उत्तरदायित्व वहन गर्दै समाजमा सकारात्मक परिवर्तनको लागि योगदान गर्न लायक व्यक्ति वन्ने बनाउने हो ।

 

जेसीजमा युवाहरु किन आबद्ध हुने ?
युवाहरुले जेसिजमाआफनो व्यक्तिगतविकास गराई सक्षम, सफल, अनुशाशित र योग्य व्यक्ति बन्नलाई सहायक सिद्ध हुनुका साथै विश्व भरीका जेसिज सदस्यहरुसँग सम्बन्धको विकास गरी अन्तराष्ट्रिय स्तर सम्म आफनो व्यावसायको प्रभावलाई वढाउन सकिन्छ ।

जेसीजलाई धनि र पुँजी पतिको सँस्था हो भन्ने बुझाई छनी?
जेसीज लाग्नेहरु पुँजी पतिवर्गका मात्र हुन्छन भन्ने सोचाई गलत छ, बरु मेरो बिचारमा त जेसिज धनी बनाउने सँस्था चै पक्कै हो । यहाँ संसार भरीका उद्यमी र व्यावसायी व्यक्तित्वहरु बिच सम्बन्ध, सहकार्य तथा अन्तक्रिया हुने गर्दछ जसबाट आर्थिक समृद्धि प्राप्त गर्नका लागी विभिन्न विकल्पहरुलाई उपयोग गर्न सकिन्छ । तर जेसीज पछि विभिन्न कार्यक्रम र तालिममा आफै सहभागीहुने तथा समय पनि दिनुपर्ने हुन्छ । यस कारणले मानिसहरुमा त्यस्तो भ्रम उत्पन्न भएको जेसीज अन्य संस्था भन्दा सस्तो छ ।

 

जेसीज कस्तो खालको संस्था हो ?
जेसिज गैरसरकारी संस्था होइन यो त विश्वव्यापी संञ्जाल भएको सिक्ने र सिकाउने थलो हो । यसवाट युवाहरुले नेत्तृत्व विकास, क्षमता विकासका विभिन्न तालिम,गोष्ठी, भ्रमण लगायतका विभिन्न अवसरहरु पाउने गरेका छन । यस्ता अवसरहरुले समाजको जुनसुकै क्षेत्रमा क्रियाशील भएता पनि आफुलाई स्थापित गराउन सजिलो हुन्छ । त्यसैले युवाहरुमा निहित रहेका विभिन्न क्षमताहरुलाई प्रस्फुटन गर्न र समाजको नेत्तृत्वका लागी आवश्यक सीप, कौशल, ज्ञान हासिल गर्नका लागी जेसीज जउपयुक्तथलो हो भन्ने लाग्छ । यी कारणहरुले गर्दा पनि जेसी जमायुवाहरु आवद्ध हुन आवश्यक छ । साथै जेसिजमा अबद्ध ब्यक्तिहरु जुनसुकै क्षेत्रको नेतृत्वगर्न सक्ने क्षमता सिर्जना हुन्छ । उदाहरणका लागि मलाई नै हेर्न सक्नु हुन्छ । म जेसीजमा आबद्ध भएको १० बर्ष भयो । यस अघि म कुनै पनि कार्यक्रममा अगाडि गएर बोल्न नसक्ने अबस्थामा थिए । अहिले जेसीजको उर्लाबारी शाखाको नेतृत्व लिन सक्ने भईसकेको छु ।

जेसीजमा कस्ता व्यक्ति आबद्ध हुन्छन् ?
१८ देखि ४० बर्ष उमेर भित्रका जुन सुकै ब्यक्ति पनि आबद्ध हुन पाउनु हुन्छ । हजार रुपैयाँ सदस्यता शुल्क तोकेका छौं । परिबर्तन चाहाने सबै युवाहरुलाई जेसिजमा ठाउँ खालि छ ।

जेसीजलाई समाज विकास र परिवर्तनका विषयमा भन्दा पनि आफनै क्षेत्रमामात्र क्रियाशील छ भन्ने आरोप छ नि ?

सर्व प्रथमत जेसिजको दर्शन नै ब्यक्तिगत विकासद्धारा समाज, देश तथा विश्वलाई विकास र परिवर्तन गर्न सकिन्छ भन्ने उदेश्यवाट निर्देशित छ तथापी जेसिजले देशको विकास र सामाजिक राजनैतिक परिवर्तनमा सदैब अग्रसर हुदै आएको छ । हामीले ०४६ सालको आन्दोलन, ०६२÷०६३ को जनआन्दोलन त्यस पछिको संविधानसभाका विषयमा आम जनतालाई सुचना प्रवाह गर्ने होस वा त्यसलाई सफल बनाउन सक्दो योगदान गरेका छौ । युवाहरुलाई सामाजिक काममा उत्प्रेरणा जगाउन व्यक्तित्व विकास गराउने कार्यमा अग्रसर छौ ।

जेसीजकर्मीको नाताले आमसमुदाय तथा सरोकारवालाहरुलाई के शन्देस दिन चाहनु हुन्छ ?

जेसिज एउटा अभियान हो । यो अभियानमा सकारात्मक सोचका साथ लाग्नु पर्दछ । यस संस्थावाट प्राप्त हुने कुरा कुनै पनि विश्वविद्यालयमा गएर प्राप्त हुँदैन । यस संस्थामा आवद्ध भइसकेपछि आफुले पाएका र सिकेका कुराहरु समाजलाई दिन सक्नुपर्छ । यसले सामाजिक रुपान्तरणमा सहयोग पुग्छ त्यो अभियानमा सक्रियतापुर्वक लाग्ने मेरो प्रतिवद्धता व्यक्तगर्न चाहन्छु ।

 

अन्तमा केही भन्न चाहानु हन्छ ?
मलाई अध्यक्षमा निर्बाचित गर्न सहयोग गर्ने सम्पुर्ण जेसीज साथीहरुलाई धन्यवाद दिन चाहान्छु । मलाई उर्लाबारी जेसीजको अध्यक्ष सम्मल्याई पु¥याउने अग्रजहरुलाई पनि सम्झन चाहान्छु । र अन्तमा समाज परिबर्तन गर्न चाहाने युवाहरुलाई जेसिजमा आबद्ध हुन पनि अनुरोध गर्छु ।

प्रकाशित मिति: २०२०-१२-३१ , समय : १९:५८:३० , ३ वर्ष अगाडि