लेटाङका मेयरद्धारा आज मनाईने चाडहरुकाे शुभकामना

Enepal Patra Pvt. Ltd. , ६१३  पटक हेरिएको

लेटाङ १५ पुस । तमु ल्होसार , उधौली पर्व ,योमरी पुन्हि,धान्य पूर्णिमा र ज्यापु दिवशको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले शुभकामना दिनुभएको छ ।
गुरुङ समुदायले मनाउने तमु ल्होसार , किरातहरुको महान पर्व उधौली ,नेवार समुदायले मनाउने योमरि पुन्हि,नेवारहरुले नै मनाउने ज्यापु दिवस र धान्य पुर्णिमाको शुभकामना दिनुभएको हो ।
हाल देशमा भईरहेको जटिल समस्याको यि पर्व तथा दिवशले समाधानको वाटो उन्मुख गरेर देशलाई दिशानिर्देश गर्ने शक्ति प्राप्त गरुन भनि कामना समेत गर्नुभयो ।
चाडपर्वहरुका आफ्ना मौलिक परम्परा तथा विशेषता रहेको हुनाले सबै धर्म तथा जातजातीले आफ्नो संकृतीको जगेर्णा गर्नुपर्नेमा जोड दिनुभयो ।
विश्वव्यापीकरणले गर्दा परम्परागत संस्कृतिहरु लोप हुने अवस्थामा समेत पुगिरहेको भन्दै मेयर राईले यसको संरक्षणमा सरकार समेत गम्भिर बन्न आवश्यक रहको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: २०२०-१२-३० , समय : ०९:४२:३४ , ३ वर्ष अगाडि