स्वस्तिमाको प्रयोग

Enepal Patra Pvt. Ltd. , ४४१  पटक हेरिएको

 

काठमान्डौ, २ माघ , २०७५ । चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा निर्माता, निर्देशकदेखि कलाकारसम्मले प्रचार–प्रसारका अनेकौं उपाय अपनाउँछन् । यतिबेला अभिनेत्री स्वस्तिमा खड्काले फुराएको नौलो प्रयोगलाई धेरैले रमाइलो मानेका छन् ।
चलचित्र बुलबुलको प्रचारका लागि स्वस्तिमाले आफ्नै भिडियो अन्तर्वार्ता लिएकी छिन्, जसमा चलचित्रको निर्माण टोलिले दुई भिन्न पहिरन र गेटअपमा सजिएकी स्वस्तिमालाई एउटै फ्रेममा प्रस्तुत गरेको छ ।

युट्युबमार्फत सार्वजनिक उक्त भिडियो सामग्रीमा स्वस्तिमाले चलचित्रमा टेम्पो चालक रनकला बनेकी स्वस्तिमासँग रमाइलो कुराकानी गरेकी छिन् । रनकलाको चरित्र निर्वाह गर्न स्वस्तिमाले झन्डै एक महिना टेम्पो चलाउन सिकेकी थिइन् ।

 

प्रकाशित मिति: २०१९-०१-१६ , समय : १५:४३:१० , ५ वर्ष अगाडि