धनपालथानमा जर्बरजस्ती करणी मिलापत्र गराउने ६ पक्राउ

Enepal Patra Pvt. Ltd. , ४२७  पटक हेरिएको

रबिन्द्र बराल

रंगेली  २६ मंसिर । मोरङको धनपालथान गाउँपालिका–५ मा जर्बरजस्ती करणी को घटना मिलापत्र गराउने ६ जना लाई रंगेली प्रहरी पक्राउ गर्ने सफल भएको छ । २०७६ साल भदौ २४ गते धनपालथान–५ मा भएको जर्बरजस्ती करणीको घटनामा मिलापत्र गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । अभियुक्तले नै पोल खोलेपछि मिलापत्र गराउने ६ जना लाई रंगेली प्रहरीको नियन्त्रणमा लिएको हो ।

प्रहरीले आरोपित बेलबारी–८ का सुरेशकुमार खवासलाई मंसिर १९ गते नियन्त्रणमा लिए कोे र अनुसन्धानका क्रममा पीडितलाई पाँचलाख रुपैँया दिएर मिलापत्र गराएको खुलेपछि मिलापत्र गराउन संलग्न ६ जना समेत पक्राउ गरेको रंगेली प्रहरीले जनाएको छ ।

मिलापत्र कागज गराउन संलग्न मोरङ धनपालथान–५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका १ का ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका ८ का ५३ वर्षीय मथालु खवास रहेको प्रहरीले जनाएको छ ।धनपालथान–५ मा रहेको आफ्नै धान खेतमा मल छरिरहेको समयमा बेलबारी नगरपालिका ८ का ३२ वर्षीय सुरेश ले सुनवर्षीकी २१ वर्षीया महिलालाई जर्बरजस्ती करणी गरेको आरोप लागेको थियो ।

अरोपित खवासको खेत धनपालथानमा रहेकोले त्यहाँ उनी धानमा मल छर्न आएको बखत सुनवर्षी ९२१० लाई जर्बरजस्ती करणी गरेको पीडित महिलाले इलाका प्रहरी कार्यालय रंगेलीमा असोज २६ गते जाहेरी दिइएकी थिइन् । पीडितको जाहेरी परेसँगै आरोपित सुरेशकुमार खवास फरार भएका थिए । फरार रहेका खवासलाई मंसिर १९ गते रंगेली–७ बजारबाट क्षेत्र बाट पक्राउ गरेको र अरु लाई उनी हरु को घर बाट पक्राउ गर्ने सफल भएको हो ।

आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्दा उक्त घटना गाउँघरमा नै मिलापत्र गराएको खुलेको र पीडित पक्षलाई पाँच लाख रुपैँया दिएर मिलाउन गराएको अभियुक्तकै बयानबाट खुलेपछि प्रहरीले मिलापत्र कागज समेत बरामद गरेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमोल खड्का ले बताए ।

प्रकाशित मिति: २०२०-१२-११ , समय : १३:१०:१३ , ३ वर्ष अगाडि