लेटाङमा १६ दिने अभियान सम्पन्न

Enepal Patra Pvt. Ltd. , ५९२  पटक हेरिएको

हरि काेइराला,
लेटाङ, २५ मङ्सिर । २९ औं अन्तराष्ट्रिय लैगिक हिंसा विरुद्धको १६ दिने अभियान २०२० बुधबार सम्पन्न भएको छ । १६ दिन सम्म विभिन्न कार्यक्रम गरी लेटाङ नगरपालिकाले आज विश्वव्यापी रुपमा मनाईदै गरेको यो कार्यक्रम सम्पन्न गरेको हो ।
विश्वले “ओरेन्ज द वल्र्ड फाउन्ड ,रेस्पोन्स, प्रिभेन्ट ,कलेक्ट ” र नेपालले “लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता , ब्यक्ती समाज र सवैको ऐक्यवद्धता” भन्ने नाराका साथ यसवर्ष अभियान मनाईएको हो ।
नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म हुने यो अभियानमा लेटाङ नगरपालिकाले लैंगिक हिंसा अन्त्यका लागि लैंगिक समानताका लागि रणनीति निर्माणका लागि कार्यशाला गरेको छ भने विभिन्न गोष्ठी समेत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् संघीय सांसद, घनश्याम खतिवडाले महिला हिंसाबाट बाहिर निस्कन नसकिरहेको बेला पुरुष हिंसाहरु पनि सुन्न देख्न थाल्नु बिडम्बना भएको बताउनु भयो ।हामीले आफ्नो घरबाट लैङ्गिक हिंसा अन्त्य गर्ने अभियान सुरु गर्नुपर्नेमा जाेड दिँदै सांसद खतिवडाले राजनितीक पार्टीको नाममा शिक्षकको घाँटी रेटेर हत्या गरिएको घटना प्रति आपत्ति जनाउनुभयाे ।
कार्यक्रममा बाेल्दै नगर प्रमुख शङ्कर राईले कोरोना भाइरसले लेटाङ नगरका ६ जनाकाे मृत्यु भएको बताउँदै थप मानवीय क्षति हुन नदिन नगरपालिकाले
कोभिड अस्पताल स्थापना गरेको बताउनु भयो ।उहाँले अस्पतालमा डाक्टरको ब्यबस्था गरेको उल्लेख गर्दै लामाे समय विद्यालय बन्द हुँदा परिवारमा थप जटिलता उत्पन्न भइरहेकाे बताउनुभयो ।उहाँको भनाइ थियोे – हिंसा तथा अपराधका घट्ना बढ्न थालेकोले विभिन्न विकल्पहरू तयार गरी विद्यालय सुचारु गरेका छाैं ।हत्या हिंसाहरु राजनितीक परिबर्तनका नाममा समेत भैरहेको धारणा राख्दै
घर, समुदाय , कार्यलय , कार्यस्थल सबै तिर हुने हिंसा अन्त्य गर्न यसखाले कार्यक्रम प्रभावकारी हुने बताउनु भयाे ।नगर प्रमुख राईले
नेपालमा महिनाबारी हुँदा समेत गोठमा राख्ने चलनले कतिपय महिला मरिरहेको बताउनु भयो ।
दाईजोको कारण श्रीमती, सासुससुरा लगायत द्वारा मारिरहेको घट्ना हरु हिंसाका पराकास्ठ भएको उहाँको भनाइ थियो ।
साेही अवसरमा नगरले आज लेटाङको विकास र समृद्धिका लागि योगदान पूर्याउने ७ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पूर्वप्रधानपञ्च निरविक्रम किँराती , पूर्व अध्यक्ष चन्द्रप्रसाद गौतम , शान्ती पाख्रिन , पूरुमाया राई, रणबहादुर मास्की , मिना थापा , चन्द्रकला सारुमगर हुनुहुन्छ ।
उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद घनश्याम खतिवडा तथा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सम्मान गर्नुभयो । नगर उप प्रमुख कृष्णकुमारी निराैलाकाे सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले गर्नुभएको थियाे ।

प्रकाशित मिति: २०२०-१२-१० , समय : २०:५१:१९ , ३ वर्ष अगाडि