लेटाङ कानेपोखरी सडकको अनुगमन

Enepal Patra Pvt. Ltd. , ५९७  पटक हेरिएको

लेटाङ २३ मंसिर । लेटाङ कानेपोखरी सडकको अनुगमन गरिएको छ । आज लेटाङ नगरपालिका र सडक डिभिजन कार्यालय विराटनगरको टोलीले अनुगमन गरेको हो ।

निर्माणाधीन कालोपत्रे सडकको लेटाङ नगरपालिकाका प्रमुख शंकर राई ,सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख पशुपति ज्ञावली , लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल सहितको टोलीले अनुगमन गरेको छ ।

रमिता बिबिके कन्स्ट्रक्सनले जोइन्ट भेन्चरमा निर्माण गरिरहेको सडकको गुणस्तरियता परिक्षण गर्नका लाग ईन्जिनियर सहितको टोलीले अनुगमन गरेको हो ।अनुगमनका क्रममा सडकका केही ठाँउमा निर्माण गर्दा कमजोरी देखिएकाले तत्काल सुधार गरेर लैजान निर्माण कम्पनीलाई निर्देशन गरेको नगरप्रमुख राईले जानकारी दिनुभयो । हाल १६ सय मिटर सडक कालोपत्रे भईरहेको र फारलाईन देखि दक्षिण छ भने उत्तर तर्फको  १६ सय मिटर थप नगरपालिकाकाे वजेटवाट  २ कराेड रुपैयामा टेन्डर आह्वान गरिएकाे प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहालले जानकारी दिनुभयाे ।

लेटाङ कानेपोखरी सडकको अवस्था विग्रिएर नाजुक बनेपछि लेटाङ नगरपालिकाका प्रमुख सहितको टोलीले सडक बोर्डमा सडक मर्मत गरिदिन पहल गर्नुभएको थियो ।

 

प्रकाशित मिति: २०२०-१२-०८ , समय : १६:३९:१८ , ३ वर्ष अगाडि