पथरीमा फ्रेन्चाइज लिग फुटबल हुने

Enepal Patra Pvt. Ltd. , ६६१  पटक हेरिएको

हरि कोइराला
पथरीशनिश्चरे(मोरङ), २२ मङ्सिर । मोरङको पथरीशनिश्चरेमा स्थानीय फुटबललाई ब्यावसायिक बनाउने उदेश्यले पहिलो पटक फ्रेन्चाईज लिग फुटबल प्रतियोगीता हुने भएको छ ।
नेपालमै पहिलो पटक पूर्वी मोरङको सानो शहरमा अक्सन मार्फत खेलाडी छनौट गरि फ्रेन्चाईज लिग फुटबल प्रतियोगिता हुन लागेको आयोजक समितिका सदस्य एवम राष्ट्रिय खेलाडी दीपक राईले जानकारी दिनुभयो ।मङ्सिर २५ गते देखि १५ दिनसम्म चल्ने प्रतियोगितामा पथरीशनिश्चरे नगरपालिकाका १० वटा वडाका खेलाडीले मात्रै प्रतिस्पर्धा गर्न पाउने छन् । पथरीशनिश्चरे नगरपालिका भित्रका ३५० जना खेलाडीले अक्सनमा सहभागिता जनाएका थिए । बिभिन्न ८ क्लवले लिगमा सहभागिता जनाउने छन । खेलाडीलाई व्यवसायिक बनाउने उद्धेश्यले सुरु हुन लागेको प्रतियोगीतामा प्रत्येक क्लबले मार्कि खेलाडी सहित १८ जना खेलाडी छनौट गर्नु पर्ने छ ।
प्रतियोगितामा पथरिशनिश्चरे नगर भित्रका हाइवे फुटबल क्लब, देबिगन्ज फुटबल क्लब, वाई जि एफ टि क्लव, १० नवोदय फुटबल क्लब, सिरिजङ्गा फुट्बल क्लब, शिखर फुटबल क्लब, द रियल ब्रोदर फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लबले सहभागिता जनाउने छन् । आयोजक समितिका संयोजक सन्जीब गिरीले दिनु भएको जानकारी अनुसार प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार रुपियाँ नगद, ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन भने उपबिजेताले ७५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र पाउने छन । प्रतियोगितामा सहभागी क्लवले नगद १० हजार रुपियाँ शुल्क बुझाउनु पर्नेछ । कोरोना कहरका बीचमा हुन लागेको प्रतियोगितामा १२ आयोजना गर्न १२ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०२०-१२-०७ , समय : ०९:२५:५२ , ३ वर्ष अगाडि