वारंगीमा स्वास्थ्य चौकि भवनको सिलन्यास

Enepal Patra Pvt. Ltd. , ५३४  पटक हेरिएको

लेटाङ, १८ मंसिर । लेटाङ नगरपालिका वडा नं ७ मा स्वास्थ्य चौकिको सिलन्यास भएको छ । मंगलबार एक कार्यक्रमका बिच लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उक्त स्वास्थ्यचौकी भवनको सिलन्यास गर्नुभएको हो ।

लोड ब्यारिङ पद्धतिमा बन्ने उक्त भवन यहि आर्थिक बर्षमा बनिसक्ने सम्झौता छ । कोरोनाको कहरले गत बर्ष सुरु हुनुपर्ने भवन यो बर्ष सुरु भएको हो ।
हरिपुर्णिमा कन्सट्रक्सनले निर्माण गरिरहेको उक्त स्वास्थ्य चौकिबाट लेटाङको ७ नं वडा सहित आसपासका जनतालाई स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुनेछ ।

३९ लाख रुपैयाको लागतमा बन्ने उक्त भवन लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौला, लेखा अधिकृत सुशील बास्तोला , जग्गा दाता लगायत स्थानियको उपस्थितिमा सिलन्यास भएको हो ।

प्रकाशित मिति: २०२०-१२-०३ , समय : ०८:४४:४० , ३ वर्ष अगाडि