प्रहरी चौकी पुनःस्थापना

Enepal Patra Pvt. Ltd. , ९९७  पटक हेरिएको

लेटाङ, २९ कार्तिक । द्वन्दकालमा बिस्थापित भएको लेटाङ नगरपालिका वडा नं २ मा प्रहरी चौकी उद्घाटन भएको छ । २०४६ सालमा स्थापना भएको अस्थायी प्रहरी चौकी द्वन्दकालमा बिस्थापित भएको थियो । हाल पुन प्रहरी चौकिको रुपमा उक्त ठाँउमा पुनर्स्थापित भएको हो ।

आज सो चौकिलाई प्रदेश सांसद उपेन्द्र घिमिरेले उद्घाटन गर्नुभयो ।
उद्घाटन गर्दै घिमिरेले लेटाङको पहाडी भुभागमा जनसंख्या कम भएको तर सुरक्षा चुनौती धेरै रहेकाले वारङी , जेफाले लगायतका क्षेत्रमा समेत प्रहरी चौकीको स्थापना हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला , मोरङका प्रहरी प्रमुख एसपि सन्तोष खड्का , लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोख्रेल लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रम लेटाङ नगरपालिका वडा नं २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: २०२०-११-१४ , समय : १७:३९:०१ , ३ वर्ष अगाडि